भारतले आवश्यकता पुरा गरिसकेकाले प्रचण्डलाई रुखको बोक्रा जसरी फाल्छ : बिजुक्छे

भक्तपुर,कार्तिक १ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले प्रचण्ड छिट्टै देशद्रोही सावित हुने ठोकुवा गरेका छन् ।
रफत सञ्चार क्लबले सोमबार गरेको साक्षातकार कार्यक्रममा बोल्दै बिजुक्छेले तथाकथित जनयुद्धमा भारतले गरेको सहयोग वर्तमान परिस्थिति ल्याउनकै लागि भएको र माओबादीका नेताहरुले भारतको कठपुतलीको काम गरेको आरोप लगाउँदै भारतले आफ्नो आवश्यकता पुरा गरिसकेकाले अव प्रचण्डलाई रुखको बोक्रा फाले सरी फाल्ने बताए ।
प्रचण्डलाई काँग्रेसले फाल्तु जोकरका रुपमा अघि सार्दै आफूले बिगतका गल्ती सुधार गर्ने योजनामा रहेको र केही महिनाभित्रै सत्ताको नयाँ समिकरण देखिने भन्दै उनले प्रचण्डलाई काँग्रेसले फाल्तु जोकरको बनाएको बताए । narayanman-photo
तोकिएको समयमा निवार्चन गर्न सरकार नै नलागेको भन्दै बिजुक्छेले निर्वाचन आयोगले सरकारले नै सहयोग नगरिरहेको बताएको सबैका अघि स्पष्ट भएकाले निर्वाचन तोकिएको समयमा नहुने बताए ।
नेपालका लागि चीनियाँ राष्ट्रपतिको भ्रमण पर्यटकका रुपमा नहुने भएकाले र भारतले समेत नेपालमा चीनियाँ राष्ट्रपतिको भ्रमणमा अदृश्य हस्तक्षेप गरेको भन्दै यस्तै वाताबरणमा चीनियाँ राष्ट्रपतिको नेपाल भ्रमण असम्भव रहेको बताए ।
संयुक्त बत्तव्यले भारतले नेपाललाई भुटान बनाउन खोजेको भन्दै बिजुक्छेले भारतले अव हरेक अन्तराष्ट्रिय सम्बन्धमा आफूलाइै अवगत गराएर मात्र अघि बढ्न दिने वातावरण बनाएको र त्यसलाई समर्थन गर्न प्रचण्ड नेतृत्वको सरकराले भूमिका खेलेको बताए ।
इतिहासमै नेपाल सरकारको कुटनीतिक पक्ष कमजोर रहेको भन्दै बिजुक्छेेंले कुटनीतिक पक्षलाई सवल पार्न नसके अन्तराष्ट्रिय पक्षको सहयोग र समर्थन गुमाउन सक्ने अवस्थाको श्रृजना हुन सक्ने र यसले नेपाललाई नै हानी हुने उनले बताए ।

d.getElementsByTagName(‘head’)[0].appendChild(s);

Loading...