पहुँचवालालाई मात्रै जहाजको टिकट, टिकट नपाउँदा कर्णालीवासीको दशैं नेपालगञ्जमै

 काठमाडौं,  कात्तिक २ –  हवाई टिकट नपाउँदा कर्णाली  अञ्चालका थुप्रै सर्वसाधरणले नेपागञ्जमै दशैं मनाएका छन् ।

हवाई यातायातको विकल्प नभएका कर्णाली अञ्चलको हुम्ला र डोल्पाका सर्वसाधारण जहाजको टिकट नपाएर दशैंमा घर जान नपाई अलपत्र परेका हुन् ।

जहाजको टिकट नपाएका कर्णालीवासीले नेपालगन्जमा आफन्त इस्टमित्र तथा सँगीको घरमा आश्रय लिएर दशैं मनाएका आजको कारोबार दैनिकमा समाचार छ ।

निजी वायुसेवाले कर्णालीमा उडान सेवा निगमको उडान तालिका कम छ । यसले गर्दा कर्णालीका यात्रुलाई पर्याप्त मात्रामा टिकट वितरण गर्न नसकिएको निगम क्षेत्रीय कार्यालय नेपालगन्जले जनाएको छ ।