यसकारण संविधान संशोधन प्रभावित

constitutionकाठमाडौं, कात्तिक २  – सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीचको आन्तरिक विवादले संविधान संशोधन प्रक्रिया अघि बढ्न नसकेको तथ्य खुलेको छ । प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनका लागि अन्तिम गृहकार्यको दाबी गरिरहेका बेला उनको राजनीतिक सल्लाहकार चक्रपाणि खनाल र कांग्रेस नेता डा. रामशरण महतले संविधान संशोधनमा सत्तारुढ दलबीचमै छलफल भर्इ सहमति जुट्न नसकेको बताएका हुन् ।

स्रोतका अनुसार मधेसी मोर्चा र गठबन्धका माग सम्बोधनका लागि संविधान संशोधन गर्ने भनिए पनि सत्तारुढ दलबीच नै सहमति कायम हुन नसक्दा प्रक्रिया अघि बढ्न सकेको छैन । आजको राजधानी दैनिकमा समाचार छ ।