भारतलाई चीनको झापड : पाकिस्तानलाई आतंकवादसँग जोड्नु गलत

INDIA-GOA-BRICS-BIMSTEC-DIALOGUEकाठमााडौं, कात्तिक २ – काश्मिरको उरीमा भएको आतंकवादी हमलामा १९ सैनिक मारिएपछि पाकिस्तानलाई आतंकवादीको देशको आरोप लगाइरहेको भारतलाई चीनले सोमवार झापड दिएको छ। चीनले भारतले पाकिस्तानलाई आतंकवादीको जन्मभूमि भनी गरेको टिप्पणीप्रति कडा जवाफ दिँदै कुनै देश र व्यक्तिलाई आतंकवादसँग जोड्नु गलत हुने बताएको हो ।

गोवामा भएको ब्रिक्स सम्मेलनलाई सम्बोधन गर्ने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई आतंकवादीको जन्मभूमि भनी गरेको टिप्पणीको प्रतिरोध गर्दै चीनले कुनै एक मुलुक र व्यक्तिलाई आतंकवादसँग जोड्न सही नहुने जनाएको हो ।

चीनले आतंकवादविरुद्ध लड्ने क्रममा पाकिस्तानले गरेको बलिदानी र त्यागलाई पनि ध्यानमा राख्नुपर्ने बताएको छ ।

आइतबार मोदीले गोवामा ब्रिक्स सम्मेलनका क्रममा पाकिस्तानको नाम नलिई उसलाई आतंकवाद जन्माउने मुलुकको संज्ञा दिएका थिए ।

मोदीले ब्रिक्समा पाकिस्तानबारे दिएको कडा अभिव्यक्ति दिएको एक दिनपछि चीनको विदेश मन्त्रालयको यस्तो प्रतिक्रिया आएको हो ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता हुआ चुन्याङ्गले मोदीको भनाईबारे सोधिएको प्रश्नमा भने, आतंकवादविरुद्ध चीनको अडान पुरानै अवस्थामा कायम छ । हामीले पहिले पनि आतंकवादलाई कुनै व्यक्ति या देशसँग जोड्ने कुरामा विरोधी थियौं र, आज पनि त्यही अडानमा कायम छौं ।’आजको कारोबार दैनिकमा खबर छ ।