‘सागर गुरुङ पारस स्मृति कप’को उपाधी बिवाईसीलाई

गोरखा, कात्तिक २ । गोरखाको भुम्लिचोक युवा क्लबद्धारा आयोजित ‘सागर गुरुङ (पारस) स्मृति कप’ फुटबल प्रतियोगिताको उपाधि आयोजक भुम्लिचोक युवा क्लबले हात पारेको छ ।

dsc_0444
फाईनलमा आयोजक बिवाईसिले जनजागृति युवा क्लब मोवा खोला धादिङलाई ३–० गोलले पराजित गर्दै उपाधि हात पारेको हो । बिवाईसिले २५ हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाण पत्र हात पारे पार्यो । उपविजेता जनजागृतिले नगद १५ हजार रुपैयाँमा चित्त बुझायो ।
प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो । गत असोज २६ देखि ३० गते सम्म दसैँ पर्वका अवसरमा सञ्चालन गरिएको प्रतियोगितामा करिब १ लाख रुपैया लागत रहेको क्लबका अध्यक्ष अमर थापा मगरले अखबार दैनिकलाई बताए ।

dsc_0448

}

Loading...