आफूखुसी भाडा लिन नपाएपछि धादिङमा गाडी ठप्प

धादिङ, कात्तिक ३ । धादिङका यातायात व्यवसायीले आफूखुसी भाडा लिन पाउनुपर्ने माग गर्दै ग्रामीण भेगमा गाडी ठप्प पारेका छन् ।
सरकारले तोकिएको भाडादर मात्र लिनुपर्ने र ग्रामीण सडकमा अस्थायी रुट परमिट उपलव्ध गराउने भनेपछि व्यवसायीले मंगलबारदेखि ग्रामीण रुटमा गाडी नचलाएका हुन् ।bus
अहिले धादिङबाट चल्ने कुनै पनि गाडीले निश्चित ठाउँको रुट परमिट लिएका छैनन् । रुट परमिट भएकाको पनि धादिङ मात्रै उल्लेख गरिएकोले ग्रामीण क्षेत्रमा जान समस्या भएको छ ।