जिल्लामा पहिलो बुद्धिष्ट कलेज सञ्चालन

दोलखा,कात्तिक ३ । दोलखा जिल्लामा नै पहिलोपटक स्नातक तहको बुद्धिष्ट कलेज सञ्चालन भएको छ ।
बौद्ध अध्ययन तथा अनुसन्धान केन्द्र नेपाल, जिरीले बौद्ध दर्शनलगायत मानविकी विषयको अध्यापन गराउने उद्देश्यका साथ जिरीमा बुद्धिष्ट कलेज सञ्चालन गरेको हो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजमा अध्ययन गर्नका लागि कक्षा १२ वा प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्ने छ ।

तीन वर्षे स्नातक तहको पाठ्यक्रममा अनिवार्य नेपाली, अङ्ग्रेजीसहित पाँच विषय अनिवार्य बौद्ध अध्ययनअन्तर्गतका विषय र ५०० पूर्णङ्कको मानविकी विषय पढाइ हुने बौद्ध अध्ययन तथा अनुसन्धान केन्द्र नेपाल, जिरीले बताएको छ ।

केन्द्रका अनुसार आवश्यकता र मागअनुसार भविष्यमा थप विषयसमेतको अनुमति लिई स्नातकोत्तरसम्मको कक्षा सञ्चालन गर्ने जनाइएको छ ।

buddista

बौद्ध दर्शन, बौद्ध धर्म, कला, संस्कृति, साहित्य आदिकोे खोज, अनुसन्धान, प्रवद्र्धन एवम् प्रकाशन गर्ने, बौद्ध दर्शनमा आधारित ऐतिहासिक, धार्मिक सांस्कृतिक पर्यटनको विकास गर्नेजस्ता लक्ष्य लिएको बौद्ध अध्ययन तथा अनुसन्धान केन्द्र नेपाल, जिरीका अध्यक्ष इन्द्रबहादुर खड्काले बताए ।