यता अख्तियारले खोज्दै छ, लोकमान सिंह भने एक हप्तादेखि दुबईका होटलमा…

दुबई, कात्तिक ३ । १५ दिनभित्र सर्वोच्च अदालतमा उपस्थित हुन म्याद पाएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की दुबईमा देखा परेका छन् ।lo

उनी दुबईको शेख जायद रोडस्थित दुसितथानी होटलमा एक हप्तादेखि बसिरहेको त्यहाँ कार्यरत नेपालीले बताएका छन् । उनीहरुका अनुसार कार्कीले हाफपाइन्ट लगाएर दुबई मल घुमेका थिए । स्रोतका अनुसार कार्की बस्दै आएको होटलमा नेपाली दूतावास आबुधाबीले प्रयोग गर्दै आएको गाडी पनि पार्किङ गरिएको थियो । तर त्यो गाडीमा दूतावासबाट को पुगेको थियो भन्ने खुलेको छैन । कार्कीको व्यक्तिगत भ्रमण भएकाले वास्ता नगरेको दूतावासले जनाएको छ ।
गत असोज ३ देखि २१ गतेसम्म भ्रष्टाचार निवारणसँग सम्बन्धित निकायको बैठकमा भाग लिन भन्दै क्यानडा प्रस्थान गरेका कार्कीले अहिले पनि क्यानडामै रहेको भन्दै पटक पटक गरेर कात्तिक १० गतेसम्म बिदा मागेको र राष्ट्रपति कार्यालयले उनको बिदा स्वीकृत समेत गरिसकेको छ ।