त्रिसूली दुर्घटना : मृतकको सनाखत

चितवन, कात्तिक ३ । नारायणगढ–मुग्लिन सडक खण्डको रिद्धिखोलानजिक हिजो साँझ त्रिशूली नदीमा बस खस्दा मृत्यु भएका बसका सहचालकको आज सनाखत भएको छ ।

accident1-2-500x350-1

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–२० का ३६ वर्षीय जनक महत रहेका छन् । उनको उपचारका लागि भरतपुरतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।
काठमाडाँैबाट भैरहवा आउँदै गरेको लु १ ख ७३९१ नं को रात्रि बस नारायणगढ–मुग्लिन सडक खण्डको दाहाखानी–६ को रिद्धिखोला नजिकै त्रिशूली नदीमा खस्दा एकजना बेपत्ता भएका थिए भने नौजना गम्भीर घाइते भएका थिए ।
घाइतेमध्ये आठजनाको कलेज अफ मेडिकल साइन्स भरतपुर र एकजनालाई राति नै थप उपचारका लागि काठमाडौँ लगिएको प्रहरीले जनाएको छ । बसमा चालक तथा सहयोगी समेत गरी जम्मा ११ जना यात्रु सवार रहेको बताइएको छ ।