“अरुले खसी किने ! मैले मान्छे चिनें !”

फेसबुक र ट्वीटरका भित्ताहरु दशैको शुभकामनाले व्यस्त हुदैँ गै’राथे ।
शुभकामनाका ट्यागहरु यसरी आइरहेका थिए कि — अब यो भन्दा पछी त ट्याग अप्सन
नै हट्छ भने झैँ ! कतिपय साथीहरु त फलानो ठाउँबाट फलानो ठाउँ जाने
भनेर फेसबुकमा नै यात्रा गरिरहेका थिए भने यात्रा सफलताको कामना पनि
एकले अर्कालाई फेसबुकबाट नै दिई रहेका थिए । ओहो ! गज्जबको रमाइलो ।
अरुले, म यहाँ बाट
यहाँ आइपुगे भनेर जानकारी गराउँदा… कस्सम ! म नि त्यहीं पुगे झैँ
लाग्ने ।
तर, अफसोच ! मलाई सपनाहरुले नजरबन्दमा राखेको थियो । मलाई बाध्यताहरुले
घेरिरहेका थिए । गरिबीले पोलिरहेको थियो । त्यहाँ पुग्न त परै जाओस्,
कोठा भन्दा बाहिर जान सक्ने अवस्था नै थिएँन । कारण, सुनसान काठमाडौं अनि
रित्तो गोजी र बिरक्त लागेर बसिरहेको यो मन ।
बौलाएको जंगली हात्ती झैँ डुल्दै गरेको यो मनले साह्रै जिद्दी गर्यो ।
बेलाबेलामा ततायो र सतायो पनि । तँ कहिले घर जाने ? अरुले झैँ
ट्रेवलिगँ काठमाण्डूं टू दार्चुला फेसबुकमा कहिले लेखेर राख्ने हँ ?
बिचरा ! यो मनलाइ
के थाहा ? यहाँ देखि त्यहाँ पुग्नलाइ पैसा चाहिन्छ भनेर । हुन् त मन न
हो, एकै छिनमा वर्ल्ड टूर गर्छ, दोष दिनु नि बेकार ।
मनले नै अह्राए बमोजिम् म पैसाको खोजीमा साथीहरु, आफन्त कहाँ खुब धाएँ ।
नतिजा शुन्य । यहाँ सम्म कि फेसबुकमा ट्याग र शुभकामना दिने साथीहरुलाई
समेत गुहारें । शुन्यताबाट माथि उक्लिन सकिंन । तर, साथीहरुले खसी काटेर
ढालिरहेका फोटोहरु भने छ्याप्छ्याप्ती फेसबुकमा आउँन थालिसकेका थिए । मानौं कि,
उनीहरुले खसी संगको लडाइमा बिजय प्राप्त गरेर नै बिजयादशमी मनाउन
थालेका हुन् ।
फेसबुकका भित्तामा टिका सहित थालमा नयाँ नयाँ नोटहरू राख्ने र देखाउने प्रक्रिया
निरन्तर चलिरह्यो… बिचरा ! मेरो मन विवस छ । चुपचाप सबै सहेर बसिरहेको छ ।
पैसाको सहयोग माग्दा छैन भनेर भन्नेहरुले नै हजारौ हजारका नोटहरुको
फेसबुकमा फोटो खिचेर
धनको प्रदर्शन गरिरहेका छन् । र, मनले उनीहरुलाई भन्दै छ, अँ ! हो
रहेछ… तिमीहरु संग
साँच्चै नै पैसा रहेनछ । अलिकति सहयोग माग्दा यिच्चँ हाँस्ने दाँतहरु
मात्र रहेछन् ।
भो, चिनेँ तिमीहरु सबैलाई ।
तर, अफसोच ! मलाई सपनाहरुले आफ्नो नजरबन्दमा राखेका थिए । मलाई बाध्यताहरुले
घेरिरहेका थिए । गरिबीले पोलिरहेको थियो । त्यहाँ पुग्न त परै जाओस्,
कोठा भन्दा बाहिर जान सक्ने अवस्था नै थिएँन । कारण, सुनसान काठमाडौं अनि
रित्तो गोजी र बिरक्त लागेर बसिरहेको यो मन । त्यो दशैंमा अरुहरुले
खसीसँगै दशैंको खुशी किने मैलेचाँहि साँच्चीकै मान्छे चिनें !!!!!