च्याम्पियन्स लिगमा आज बार्सिलोना र म्यानचेस्टर सिटी भिड्दै

काठमाडौ, कात्तिक ३ – च्याम्पियनस लिगमा आज स्पेनिस क्लब बार्सिलोना र इग्लिस क्लब म्यानचेस्टर सिटी भिड्ने भएको छ । खेल नेपाली समय अनुसार बुधबार राती साढे १२ बजे हुनेछ । खेल बार्सिलोनको घरेलु मैदान नाउक्यापमा हुनेछ ।

maxresdefault-1
आजको खेलमा पेप ग्वार्डिओलाले सिटीको प्रशिक्षकको रुपमा पहिलो पल्ट आफ्नो पूर्व क्लबविरूद्ध उल्टो रणनीति बनाउँदै छन् । पहिलो पल्ट इग्लिस क्लब सम्हालेका पेपलाई आफ्नो पूर्व क्लब बिरुद्ध रणनिति तयार गर्न भने कठिन हुनेछ । यस भन्दा अगाडि पेपले जर्मन क्लब बार्यन म्युनिख सम्हालेका थिए । पेप म्युनिखमा बार्सिलोनामा जति सफल बन्न सकेनन् ।
च्याम्पियन्स लिगमा बार्सिलोना सबै खेल जितेर शीर्षस्थानमा छ । तर, सेल्टीकसँग पछिल्लो खेलमा ३–३ गोलको बराबरी खेलेको सिटीका लागि रातीको खेल निकै महत्वपूर्ण मानिन्छ।