संसारका सबैभन्दा बढी यौन ब्यापार हुने देशहरु

एजेन्सी –देहव्यापारलाई संसारकै सबैभन्दा पुरानो ब्यापार मानिन्छ । पछिल्लो समय संसारमा हुने देहब्यापार बारे हाभोस्कोप रिसर्ज इन्स्टीच्युटल अनौठा विवरण सार्वजनिक गरेको छ । प्रकाशित प्रतिवेदनमा संसारको सबैभन्दा बढी देहव्यापार हुने देशहरुको नाम प्रकाशित गरेका छन् । उत्त संस्थाले संसारमा सबैभन्दा बढी देहव्यापार हुने सात वटा देशको नाम सार्वजनिक गरेको छ । जसअनुसार चीन सबैभन्दा अगाडी रहेको छ ।

prostitution-chinaap
१. चीन
चीनमा वर्षेनी ७३ मिलियन डलरको देहब्यापार हुन्छ । तर रमाइलो कुरा के भने चीनमा देह ब्यापार अवैध मानिन्छ ।
२. स्पेन
स्पेनमा वर्षेनी करिव २६ दशमलव ५ अर्व डलर बराबरको यौन ब्यापार हुन्छ ।
३. जापान
जापानमा वर्षेनी २४ अर्व डलर बराबरको यौन ब्यापार हुन्छ । जापानमा कानूनीरुपमा देह ब्यापारबारे अलमल छ ।

download
४. जर्मनी
जर्मनीमा यौन ब्यापार कानूनीरुपमा बैध छ । जर्मनीमा वर्षेनी १८ अर्व डलर
बराबरको देह ब्यापार हुन्छ ।
५. दक्षिण कोरिया
विश्वमा सबैभन्दा बढी देह ब्यापार हुने देशको टप फाइभको अन्तिम सूचीमा दक्षिण कोरिया छ । यहाँ वर्षेनी १२ अर्व डलर बराबरको देह ब्यापार हुन्छ ।
६. अमेरिका
अमेरिकामा वर्षेनी १४ दशमलव ६ अर्व डलर बराबरको देहब्यापार हुन्छ । अमेरिकामा देह ब्यापारलाई कानूनी मान्यता छ ।
७. भारत
भारतमा वर्षेनी ८ दशमलव २ अर्व डलर बराबरको देहब्यापार हुन्छ । भारतमा ठूलो संख्यामा नेपाली चेलीहरु यौन ब्यापारमा संलग्न रहेको बताइन्छ ।