योजना बनाएको भए भारत र चीनका राष्ट्र प्रमुखसँग एकसाथ भेट असम्भव : प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले योजना गरेको भए दुई छिमेकी भारत र चीनका राष्ट्र प्रमुखसँग एकसाथ भेट सायद सम्भव नहुने बताएका छन् ।
व्यवस्थापिका संसदको बुधबारको बैठकमा प्रधानमन्त्री प्रचण्डले ब्रिक्स सम्मेलनका क्रममा आफू गोवा जाँदा संयोगले चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग एकसाथ भेट भएको उनले बताए ।prachanda
यो भेटमा आफूले त्रिदेशीय साझेदारीको पुरानो धारणा राखेको र दुबै नेता यसप्रति सकारात्मक रहेको भन्दै उनले भने, ‘यसलाई मैले सुखद संयोग मानेको छु र यसप्रति गर्व लागेको छ ।’
प्रधानमन्त्री प्रचण्डले अघि भने, ‘प्लान बनाएको भए मिलाउन शायदै सकिँदैन्थ्यो होला ।’
उनले चिनियाँ राष्ट्रपति सीसँगको भेटमा आफूले नेपाल भ्रमणका लागि प्रस्ताव राखेको बताए । आफूले यसै वर्ष्भित्र स्वागत गर्न आफूहरु तयार रहेको बताएको भन्दै उनले भने, ‘उहाँले यो वर्ष त भन्न सक्दिनँ । तर, नेपाल भ्रमणमा आउँछु भन्नु भएको छ ।’