आईएमई ग्लोबल आईएमई आकांक्षा छात्रवृत्तिको आवेदन खुल्ला

काठमाडौं, कात्तिक ३ । विधार्थीहरुको उज्ज्वल भविष्यको आकांक्षालाई साकार पार्न सहयोग पु¥याउने उद्वेश्यले “आईएमई ग्लोबल आईएमई आकांक्षा छात्रवृत्ति”को आवेदन खुला गरेको छ ।
आईएमई तथा ग्लोबल आईएमई बैंकले हिसान तथा प्याव्सनको सहकार्यमा शैक्षिक सत्र २०७३ का लागि उक्त आवदेन खुदा गरेको हो । छात्रवृत्ति अन्तर्गत सार्वजनिक, नीजि तथा सामुदायीक विद्यालयमा कक्षा १ देखि ११ कक्षासम्म अध्ययनरत आर्थिक रुपमा विपन्न जेहेन्दार तथा मेहनती विधार्थीलाई आग्रह गरिएको छ ।ff
आईएमई लिमिटेड एवम्ग्लोबल आईएमई बैंकबाट व्यवस्थापन मिलाईने कुल दश लाख छात्रवृत्ति कोषबाट एक शैक्षिक सत्रका लागि एक सय जना विधार्थीलाई छात्रवृत्ति प्रदान गरिने जनाईएको छ । ईच्छुक विधार्थीले यी संस्थाका वेब साईटएवंम् एजेण्ट आउटलेटमा उपलब्ध फारममा आफ्नो विवरण भरी कम्तिमा दुई बर्ष अघिदेखिका शैक्षिक प्रमाणपत्र र सम्बन्धित विधालय प्रधानाध्यापकको सिफारिस सहित यही कार्तिक ३ देखि ३० गते सम्ममा आवेदन दिनुपर्ने छ । फारम आफुलाई पायक पर्ने आईएमई सेन्टर, एजेन्ट आउटलेट, आईएमईका क्षेत्रीय सम्पर्क कार्यालय एवम् ग्लोबलआईएमईबैंकका सबै शाखा कार्यालय वा एक्सटेन्सन काउण्टरहरुमार्फत् वा ईमेल ठेगाना aakanshya@imeremit.com.np मा पठाउन सकिने जनाइएको छ ।

Loading...