अरुण नदीको पुल तत्काल नबनाए आन्दोलन गर्ने

दिङ्ला (भोजपुर) कात्तिक ३  । अरुण नदीको निर्माणाधिन पक्की पुल पाँच बर्ष बितिसक्दा समेत सम्पन्न नभएको भन्दै भोजपुरका नागरीकरुहले तुम्लिङ्टार सडक डिभिजन कार्यलयमा ज्ञापन पत्र बुझाएका छन् ।

भोजपुर र संखुवासभाको सीमाना भएर बग्ने अरुण नदी माथिको तुम्लिङ्टार लम्छुवा दिङ्ला जोड्ने पक्की पुल निर्माण कार्य अलपत्र परेपछि भोजपुरका नागरीकले एक बर्ष भित्र सम्पन्न हुनेगरी काम थाल्न आग्रह गर्दै दबाव मूलक ज्ञापन पत्र बुझाएका हुन् । तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०६८ साल मंसिरमा सिलन्यास भएको सो पुल जिल्लाका राजनीतिक दलका नेताहरुले सम्पन्न गराउने भन्दा पनि चुनावी भोट बैङ्कका रुपमा लिएको नागरीकको आरोप रहेको छ ।
विकास विरोधी राजनीतिक दलका नेताहरु बहिस्कार सुरु गरेका नागरीकहरुले तत्काल पुल निर्माण कार्य अगाडी नबढे चरणबद्धरुपमा आन्दोलन गर्ने बताए । निर्माण अलपत्र हुँदा सडक सञ्जालले भोजपुर र संखुवासभा जोड्ने योजना बषाँैदेखि पुरा हुन सकेको छैन ।
नागरिक अगुवा एवम् बुद्धिजिवी सुमन लम्सालको संयोजकत्वमा गएको नागरीकको समूहले सडक डिभिजन कार्यलय तुम्लिङ्टारमा ज्ञापन पत्र बुझाउँदै एक महिना भित्र जनताले अनुभुति पाउने गरि पुल निर्माण कार्य अगाडी बढ्नु पर्ने बताएको छ । दिएको समय सिमा भित्र पनि आफ्नो मागहरुलाई बेवास्था गर्दै अगाडि बढ्ने कोसिस गरे शसक्त आन्दोलन गर्ने टोलिले चेतावनी दिएको छ । बिभिन्न ७ सुत्रिय माग राख्दै संयोजक लम्सालले भने ‘पुल निर्माणका नाममा लापरवाही र कमजोरी गर्नेमाथि कारवाही हुनु पर्छ’ । राष्ट्रपति देखि मन्त्रीहरु भोजपुरका हुदासम्म पुलनिर्माण कार्यले गति लिन नसक्नु अत्यन्तै दुखद पक्ष भएको भन्दै लम्सालले अब नागरीक चुप लागेर नबस्ने बताए ।arun
त्यस्तै अनुगमन समितिका संयोजक प्रकाश पौडेलले पुल अभावकै कारण हरेक महिना समयमा उपचार नपाएर महिला तथा बालबालीकाले ज्यान गुमाउनु परेको गुनासो सुनाए । उनले यो आन्दोलन सुरुवाती भएको भन्दै आवश्यक परे सडक डिभिजन कार्यलयमा ताला लगाएर अगाडि बढ्न पनि पछि नपर्ने उद्घोष गरे । आफुहरु सकेसम्म आन्दोलनको अवस्थामै पुग्नु नपरोस भन्ने पक्षमा रहेको तर यदि हुदा हुदैपनि बेवास्था गरे परिणाम नराम्रो हुने समेत चेतावनी दिए ।
ज्ञापन पत्र बुझ्दै सडक डिभिजन कार्यलयका प्रमुख कृष्ण ओझाले नागरीकको दबाबले थप काम गर्न सहयोग पुग्ने बताए । उनले केहि प्राविधिक समस्याका कारण ढिला भएको भन्दै तिहार पछि लगत्तै काम सुरु हुने दावी गरे । उनका अनुसार हाल पुलको लम्बाई ८७ दशमलब २ मिटर थपेर जम्मा लम्बाई २ सय ४७ दशमलब २५ मिटर बनाउनु पर्ने भएको छ । उनले पुरानो ठेक्का पुरानै ठेकेदारले सम्पन्न गर्नु पर्ने र बाँकि ८७ दशमलब २ मिटर थप गरेको पुलको काम नयाँ टेन्डर गरेर काम सुरुहुने बताए ।
१४ करोड लागतमा पुल निर्माण कार्य दुई बर्ष अघिनै सम्पन्न हुनुपर्ने भएपनि राजनीतिक खिचातानीकै कारण पुलको डिजाईन परिवर्तन भयो भने लागत कष्ट बडेर २० करोड बढि पुगेको छ ।} else {

Loading...