राष्ट्रसङ्घको नयाँ महासचिव गुटेर्रेसलाई ओबामाको बधाई

वासिङटन, कात्तिक ३ । संयुक्त राष्ट्रसङ्घको नयाँ महासचिवमा एन्टोनियो गुटेर्रेस छनौट भएकामा उनलाई अमेरिकी राष्ट्रपति बाराक ओवामाले बधाई दिएका छन् ।

राष्ट्रपति ओवामाले गटेर्रेसको कार्यकालमा आफू अमेरिकाले नजिकबाट सहकार्य र सहयोग आदानप्रदान गर्न चाहेको उल्लेख गरेका छन् ।

शान्ति स्थापना गर्ने उत्तरदायीत्व, राष्ट्रसङ्घको पुनःसंरचना गरी प्रभावकारीता बढाउनेलगायतका काममा सफलता मिलोस भन्ने कामना पनि ओवामाले गरेका छन् । पोर्चुगलका पूर्वप्रधानमन्त्रीसमेत रहेका गुटेर्रेसलाई फोन गरेर ओवामाले बधाई दिएका हुन् ।gutt

बधाई दिनेक्रममा राष्ट्रपति ओवामाले राष्ट्रसङ्घलाई आधुनिकिकरण र चुस्तदरुस्त बनाउन विषेश जोडसहित सुझाव दिएका छन् । वर्तमान महासचिव बान कि मुनको उत्तराधिकारीका रुपमा गुटेर्रेसले आगामी सन् २०१७ को जनवरी १ देखि नेतृत्व सम्हाल्ने छन् ।

केहीदिनअघि भएको राष्ट्रसङ्घको महासभामा सम्मिलित १९३ राष्ट्रले गुटेर्रेसलाई महासचिवमा समर्थन गर्दै नियुक्त गर्ने प्रस्ताव पारित गरेपछि उनी राष्ट्रसङ्घको महासचिवमा औपचारिकरुपमा छानिएका हुन् । गुटेर्रेसले राष्ट्रसङ्घको मानवअधिकार तथा राष्ट्रसङ्घीय प्रणाली सुधारकार्यमा उल्लेखनीयकार्य गरिसक्नु भएको छ । रासस÷एएफपी}

Loading...