निखिल उप्रेती भन्छन् : पोर्न फिल्म मात्रै अर्गा्निक

नेपालमा पछिल्लो समय हरेकजसो निर्माता निर्देशकले आफ्नो फिल्मलाई अर्गा्निक भनेर प्रचार गर्ने थालेका छन् । अर्गा्निक भन्ने अनि सोहि शब्दलाई शुद्ध नेपाली भनेर प्रचार पनि गरिन्छ । तर यो विषयमा स्टार अभिनेता निखिल उप्रेतीले भने फरक मत राखेका छन् ।

आफ्नै होम प्रोडक्शनमा ’रुद्र’ नामको फिल्म निर्माण घोषणा कार्यक्रममा मिडियाकर्मीको तपाईंको फिल्म पनि कतै अर्गा्निक त होईन भन्ने प्रश्नमा निखिलले जवाफ दिँदै संसारमा पोर्न फिल्ममात्रै अर्गा्निक रहेको दाबी गरे । nikhil

’संसारमा प्रकृति (नेचर) मात्रै अर्गा्निक छ अरु सबै आर्टि्फिसियल हो, मेरो फिल्म पनि आर्टि्फिसियल हो, अर्गा्निक भनेर प्रचार गर्नुछैन्’, निखिलले भने । पोर्न फिल्म पुर्णतः निर्वस्त्र हुने भएको कारण त्यसलाई प्राकृतिक भन्दै सोहि प्रकारको पिक्चर मात्रै अर्गा्निक हुने तर्क निखिलको थियो ।

निखिलले ’रुद्र’बाट दुई नयाँ अनुहार विश्व शर्मा र सारालाई डेब्यू दिँदै रामजी लामिछानेलाई निर्देशक लिएर काम थालेका छन् ।