लोकमान स्वदेश फर्किए, तर यो कस्तो संयोग !

काठमाडौँ, कात्तिक ३– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की स्वदेश फर्किएका छन् ।
प्रमुख आयुक्त कार्की आज साँझ स्वदेश फर्कनुभएको आयोगका प्रवक्ता गणेशराज कार्कीले जानकारी दिए ।
संयोग भन्नुपर्छ उनी स्वदेश फर्केकै समयमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेका १५७ सांसदले हस्ताक्षर गरी आज व्यवस्थापिका–संसद् सचिवालयलाई महाअभियोग प्रस्ताव बुझाएका छन् ।
हिजो मङ्गलबार सर्वोच्चमा विचाराधीन रहेको प्रमुख आयुक्त कार्कीको मुद्दाको उनको घरमा सूचना टाँसगरी म्याद तामेल गरिएको थियो ।