काठमाडौं, पुस २० । काठमाडौंको बबरमहलस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको शौचालयको अवस्था हरिविजोग अवस्थामा रहेको छ । कार्यलयको भुईँतलामा रहेको शैचालय नजिक त के कार्यालयको मूल ढोकामा पुग्नासाथ मलमूत्रको गन्ध ह्वास्सै आउँछ ।
मंगलबार कार्यालयमा सेवा लिन पुगेका सेवाग्रहीहरु कार्यालय परिसरमा प्रवेश गर्नासाथ रुमालले नाक समाएर भन्दै थिए, ‘छि कत्ति साह्रो  दूर्गन्ध, कस्ता असभ्य कार्यालय प्रमुख र कर्मचारी ।’
व्यत्तिको घर होस् वा कुनै पनि सरकारी वा नीजि कार्यालय नैं किन नहोस्, त्यस स्थानको पहिचान उक्त कार्यालयका कर्मचारी र कार्यालय प्रमुखको पहिलो व्यबहार र उनीहरुको कार्यालयमा भए/गरेका सरसफाइले नैं दिने गर्छ ।
यस विभागको काम भनेको उपभोक्ताले सेवन गर्ने दैनिक उपभोग्य वस्तुको गुणस्तर जाँच गर्ने हो । कार्यलयको शैचलाय अवस्थालाई लिएर कुरा गर्न खोज्दा कार्यलय प्रमुखलाई भेट्न सकिएन । कार्यलयका प्रवक्ता पूर्णचन्द्र वस्तीलाई उक्त शैचालयका विषयमा जानकारी गराउँदा आफूलाई त्यसबारे केहि थाहा नभएको जनाए । उल्टै वस्तीले त्यस्तो छ र शैचालयको अवस्था ? भनेर प्रतिप्रश्न गरे ।
अखबार दैनिकले प्रवक्ता वस्तीलाई कार्यलयसँग पर्याप्त रकम नभएर शैचालयको सरसफाई नगरिएको हो ? भनि प्रश्न गर्दा आर्थिक कारणले गर्दा शौचालयको यो हबिगत नभएको प्रतिक्रिया दिए । प्रवक्ता वस्तीलाई शौचालयमा भेटिएको फोहोरको तस्बिर खिचेर देखाएपछि आफू मातहतका कर्मचारीहरुलाई तुरुन्त उक्त शौचालयको ढोका बन्द गर्न निर्देशन दिए । प्रवक्ता वस्तीले उल्टै कार्यलयको त्यस्तो हबिगत देखाउँदा अखबार दैनिकको खोज समाचार व्यूरोलाई धन्यवाद समेत दिए ।
अच्चमको कुरो त यो छ कि दूर्गन्ध फैलिएको उक्त शौचालय नजिकै रहेको स्टोर शाखा र दर्ता चलानी शाखाका कर्मचारीहरु कसरी बस्न सकेको होलान् ? यसबारे त्यहाँ कार्यरत कर्मचारीहरुलाई जिज्ञाशा राख्दा उनीहरु नाजवाफ भए । उनीहरु एक आपसमा मुखामुख गरेर बसिरहे । हामीले भने आफ्नो बाटो ततायौँ ।} else {