परपुरुषसँग यौन सम्पर्क गर्नु जहाँ सामान्य मानिन्छ

एजेन्सी । महिलाले पुरुषमाथि जवरजस्ती शारीरिक सम्पर्क गर्ने गरेको कुरा तपाई पत्याउनु हुन्छ ? अक्सर पुरुषहरु नै यस्तो कर्ममा अग्रसर हुने गरेको भएता पनि सवैतिर भने यहि घटना नहुने गरेको तथ्य सार्वजनिक भएको छ ।
तुआरग जनजातिका महिलाहरुले भने पुरुषहरुसँग जवरजस्ती सम्बन्ध बनाउने गरेका छन् । यिनीहरु अफ्रिकीदेश नाइजरमा बसोबास गर्छन् ।
परपुरुषसँग यौन सम्पर्क स्थापित गर्नु उनीहरुको लागि सामन्य हो । यि जनजातिका महिलाहरुलाई विवाहपछि आफ्ना पतिका साथै अर्को पुरुषसँग जवरजस्ती सम्बन्ध बनाउन छुट छ ।
त्यहाँ पुरुषले घुम्टो ओड्छन् जवकी महिलाहरु खुलमखुला हिँड्छन् । पुरुषहरुले घर परिवारको सदस्यमाझ समेत आफ्नो घुम्टो खोल्न पाउँदैनन् । साथै घर वाहिरको काममा पनि महिलाहरु नै अगाडि हुन्छन् ।
त्यसो त विवाह अघि नै यस जनजातिका महिलाले इच्छाएको पुरुषसँग सम्वन्ध बनाउन कतैवाट छेकबार छैन । अर्को कुरा, यि महिलाहरुले आफ्नो मुड अनुसार पतिसँग सम्वन्ध विच्छेद गर्न सक्छन् ।
विवाहपछि लोग्नेले आफ्नो घर छाडेर स्वास्नीको घरमा आउनुपर्छ । लोग्नेलाई वाहिरी काम गर्नका लागि स्वास्नीको अनुमति चाहिन्छ ।