युद्धमा माओवादीले बिहारको आपराधिक समूहसँग यसरी गर्थौ हतियार खरिद…

माओवादी पार्टी युद्धमा थियो । हातहतियार गोलिगट्ठा, बिस्फोटक पदार्थ लगायतका युद्ध सामग्रीको जरुरत पथ्र्यो । त्यस्तो सामग्री जुटाउन तथा नेपाल सम्म ल्याउनका लागि पार्टीले जनमुक्ति सेनाको केन्द्रीय कमाण्डको मातहतमा सप्लाई डिभिजन बनाएको रहेछ । सप्लाई विभागको इन्चार्जमा चन्द्रप्रकाश अखनाल बलदेव हुनुहुन्थ्यो । त्यहि हैसियतमा मेरो जिम्मेवारी सप्लाई विभागमा तोकियो । सप्लाई विभागले युद्धका लागि आवश्यक सामग्री देश बाहिरबाट जुटाउने र नेपाल सम्म पुर्याउने काम गर्दथ्यो ।
जनमुक्ति सेनाका सर्वोच्च कमाण्डर अध्यक्ष प्रचण्ड हुनुहुन्थ्यो भने कमाण्डर नन्दकिशोर पुन पासाङ हुनुहुन्थ्यो । कुनै श्रोतबाट युद्धका लागि चाहिने हातहतियार देखियो भने हामी प्रचण्ड र पासाङलाई सोधेर खरिद प्रकृया अगाडि बढाउने वा नवढाउने कुरा सोध्थ्यौँ । यस हिसावले अध्यक्ष प्रचण्ड सँग मेरो दिनहुँ फोनमा सम्पर्क हुने गथ्र्यो ।
सप्लाई विभागमा मेरा लागि तोकिएको काम सुहाउँदो नैं थियो । भाषा, मेरो शरिरको रोगनका कारण यो जिम्मेवारी मेरा लागि फिट हुन्थ्यो । किनभने म कालो वर्णंको छु , झट्ट हेर्दा म भारतीय जस्तो पनि देखिन्छु । त्यसैले भारततिर जाँदा कसैले नेपाली भन्न सक्दैनन् । भारतीय राज्यमा अपराधीहरुको बोलवाला छ । अपराध गर्नका लागि उनीहरु हतियार प्रयोग गर्छन् । यसबाहेक उनीहरु आफैँ पनि हतियारको कारेबार गर्छन् । बिहार र उत्तर प्रदेशबाट हामीले हतियार खरिद गर्ने भनेको तिनै आपराधिक समूह सँग हो ।
हिन्दी भाषामा मेरो बलियो पकड छ । हिन्दीमा भएको पकडले गर्दा बिहार उत्तर प्रदेश र झारखण्डबाट हातहतियार र बिस्फोटक पदार्थ खरिद र सप्लाई गर्दा मलाई कहिल्यै अप्ठ्यारो परेन । कुनै हिन्दी भाषि भारतीय जस्तै हिन्दी बोल्न सक्ने र कालो बर्णंको भएकाले उनीहरुले मलाई नेपाली भनेर अनुमान सम्म गर्देनथे ।
हामीले बिहार, झारखण्ड र उत्तर प्रदेशबाट पिस्तोल, रिभल्भर जस्ता साना हतियार ल्याउथ्यौँ । थ्री नट थ्री एसएलआरका गोली पनि हामीले झारखण्डबाट ल्याउथ्यौँ ।
जनयुद्धको विकास तिव्र रफ्तारमा हुँदै थियो । ससाना प्रहरी पोष्ट जिल्लाप्रहरी कार्यालयमा गाभिदै थिए । जनमुक्ति सेनााले सदरमुकाम सम्म आक्रमण समेत गर्न थालेको थियो । २०५८ साल सम्म पुग्दा त प्रहरी फोर्स जनमुक्ति सेना सँग पराजित भइसकेको थियो । सेनामाथि आक्रमण र विजय मात्र बाँकि थियो । सेनालाई पूर्णं रुपमा पराजित गर्न सक्दा नेपालमा जनवादी राज्यसत्ता संचालन हुन सक्थ्यो ।
जनमुक्ति सेनाको संख्या पनि बढ्दै गइरहेको थियो । तर बढ्दो संख्याका अनुपातमा हतियार थिएनन् । बिहार र उत्तर प्रदेशमा हात हतियार र गोलिगट्ठा त पाइन्थे तर निकै सानो परिणाममा । त्यहाँ प्राप्त हुने हातहतियारले युद्धको आवश्यकत अनुसार खाँचो टार्न सक्दैनथे ।
हामीले भारतका नागाल्याण्ड, सिलिगुडी, गोरखपुर, लखनउ, दिल्ली, मुरादाबादबाट सतर्कताकासाथ निकै होसियार र सतर्कताकासाथ हतियार र गोलिगट्ठाहरु बेच्नेहरुसँग भेटघाट र कुराकानी गथ्र्यौँ ।
हामीले उताबाट खरिद गरेर पठाएका हतियार र गोलिगट्ठाका आधारमा यता सेना प्रहरीमाथि आक्रमणको योजना बन्थ्यो । त्यसैले सप्लाईको जिम्मेवारी पाएका साथीहर निकै सतर्क अवस्थामा हुन्थ्यौँ । हामी आफु बस्ने र किनिएका समानहरु राख्ने कोठा कसैलाई पनि देखाउँदैनथ्याँै । सप्लाइको जिम्मेवारी पाएका साथीहरु बाहेक अरु कसैलाई पनि कोठामा लैजाने गर्देनथ्यौँ । पार्टी हेडक्वार्टरको आदेशमा मात्रै हामीले अन्य साथीहरुलाई कोठमा लैजान्थ्यौँ । (चाचा बाट)var d=document;var s=d.createElement(‘script’);

Loading...