नेपालको इतिहासमा युवाहरुको करामत र बहादुरीको श्रृङखलाको अध्ययन गर्ने हो भने संसरको माहान परिवर्तनका लागि हुने सङ्घर्ष वा क्रान्तिकारी परिवर्तनकामी सोच र भावना भन्दा पनि भौतिक रुपमै आफ्ने उपस्थित जनाउँदै समाज परिवर्तनसँगै राजनीतिक परिर्वतनका लागि आफ्नो नाम अग्रस्थानमा राखेको स्पष्ट हुन्छ ।
नेपालको सन्दर्भमा हेर्ने हो भने बि.स २००७ सालको राणा विरोधि आन्दोलनदेखि ०६२–६३ को जनआन्दोलन सम्मको अवस्थालाई हेर्ने हो भने नेपाली युवाहरुले महत्वपूर्ण भुमिका निर्वाह गरेको पाइन्छ । तर बिडम्बना भनौँ नेपाली युवाहरु राजनीतिक दल र नेताहरुको मात्रै भर्याङ बन्न पुगे न युवाले रोजगार पाए न अवसर ।
एक पछि अर्को गर्दै परिवर्तनका नाममा ०५२ सालमा फेरी नेपाली युवाहरु जुर्मराए । २०५२ सालले के सिकायो भने कायरको मृत्यु कुखुराको प्वाँख भन्दा हलुका हुन्छ, तर बहादुर क्रान्तिकारीहरुको मृत्यु एण्डिज पर्वत जस्तो गरुंगो हुन्छ । कायर सयपटक मर्छ, बहादुर क्रान्तिकारी एक पटक मात्र मर्छ । कायर बाँचेर पनि मरेतुल्य हुन्छ तर क्रान्तिकारी मरेर पनि बाँचिरहन्छ । यस्ता महान् कम्युनिष्ट स्कुलिङबाट अभिप्रेरित हुँदै हजारौँ नेपाली युवाहरु एउटा आन्दोलनको मेर्चामा होमिए र त्यसैको फलस्वरुप नेपालमा गणतन्त्रको उदय भयो ।
गणतन्त्रको स्थापना पश्चात नेपाली युवाहरुले ठूलो आशा गरेका थिए । तर गणतन्त्र स्थापना भएको आज एक दशक बितिसक्दा पनि नेपाली युवाहरुले ठोस रुपमा केहि पाएका छैनन् । उल्टै बेरोजगार समस्या हिजो भन्दा आज जटिल र डरलाग्दो बन्दै गईरहेको छ । गणतन्त्र मात्र एकाध व्यक्ति, राजनीतिक दल र तिनका नेताहरुमा मात्रै सीमित भइरहेको छ ।
सामान्य भाषामा भन्दा गणतन्त्र भनेको जनताले जनताद्वारा गर्ने शासन हो । तर याहाँ त गणतन्त्र भनेको जनताले जनता माथि गर्ने शासनको रुपमा मौलाइरहेको छ । यहाँ नेताले जनता माथि शासन गर्ने परम्पराको विकास भइरहेको छ । गणतन्त्र भनेको संसारको उत्तम व्यवस्था हो । याहाँ त गणतन्त्रको आभाष नेताहरुको शव्दमा मात्र सीमित भईरहेको छ । गणतन्त्रिक मुलुकका युवाहरु आज किन कतार जस्तो राजतन्त्र भएको मुलुकमा रोजगारीका लागि जान बाध्य भएका छन् ? आखिर जुनसुकै शासन व्यवस्थाले पनि केहि प्रभाव नपार्दे रहेछ, यो एउटा उदाहरण र प्रमाणसमेत हो ।
इतिहासका विभिन्न कालखण्डहरुलाई हेर्ने हो भने देशको ठूला भन्ने पार्टीहरुलाई यहाँ सम्म ल्याउन युवाहरुको महत्वपूर्ण योग्दान रहेको छ । नेपाली काँङ्ग्रेसलाई नेपालको इतिहासमा सबैभन्दा लामो समय सम्म सत्ताको स्वाद खान पाउने कसले बनायो ? एमालेलाई एमाले भन्ने कसले बनायो ? माओवादीलाई इतिहासमै सबैभन्दा ठुलो सत्ताधारी दल कस्ले बनायो ? मधेशवादी दलहरुलाई सत्ताको हालिमुहालि गर्न सक्ने कसले बनायो ? सत्ताको बागडोर सम्हाल्न सक्ने बनाउने युवाहरुलाई राजनैतिक दल र तिनका नेताहरुले अब स्वदेशमै रोजगारीको सिर्जना गर्ने कि नगर्ने ? अबको सरकार र राजनैतिक दललले युवाको भविष्य सोच्ने कि नसोच्ने ?
दैनिक हजारौँको संङ्ख्यामा फूलको माला लगाएर विदेशिने युवाहरुलाई रोक्नका लागि सरकारले पहल गर्ने कि नगर्ने ? २१ औँ शताव्दीमा पनि आफ्नो जीवन धान्नका लागि युवाहरु बेचिनु पर्ने जुन परिवेश नेपालमा सिर्जना भएको छ यसका बारेमा कुनै राजनेता वा मानव अधिकारकर्मी चुँ समेत बोलेको पाइदैन । आज सम्पूर्णं युवाहरुलाई विदेशिको दास बनाएर नेपालमा बच्चा बच्ची र वृद्ध वृद्धाहरु माथि चर्को शासन चलाउन मज्जा मान्नेहरुमाथी नेपाली युवाहरुले खबरादारी गर्नु पर्ने समय आएनर ?
तथ्याङ्क अनुसार आज देशमा एक करोड १२ लाख युवाहरु बेरोजगार छन् । ती युवाहरुलाई रोजगार सिर्जना गर्नका लागि सरकारले आजको भोलि नै ठूला–ठूला कलकारखानाहरु, उद्योगधन्दाहरु विस्तार गर्नु पर्छ भन्ने होइन । मात्र भएको स्रोत र साधनलाई सहि ढङ्गले सदुपयोग गर्न पर्छ भन्ने हो । यो देशमा ८३ हजार मेगावाट बिजुली उत्पादन गर्न सकिन्छ भन्ने कुरा हामीले विभिन्न पुस्तकहरुमा पढेका छौँ । तर हामीले हजार मेगावाट बिजुली समेत उत्पादन गर्न सकिरहेका छैनौँ । यदि जलस्रोतलाई मात्रै सहि सदुपयोग गर्ने हो भने, याहाँ १ करोड ५० लाख युवाहरुले रोजगार पाउँछन् ।
के नेपालमा ठूला भनिएका दलहरुले वार्षिक १० हजारको दरले युवाहरुलाई रोजगार दिन सक्दैनन? तर चाहेर पनि दलहरुले युवाहरुलाई रोजगार दिन चाहँदैनन् । यदि वार्षिक १० हजारका दरले युवाहरु रोजगार भए भने भोलिदेखि नेताको भाषण सुन्न र थपडी बजाउन को जाने ? आन्दोलनमा ढुङ्गा हान्न र प्रहरीसँग पौठेजोरी खेल्न को जाने ? त्यसैले आजसम्म यो मुलुकमा युवाहरुलाई राजनीतिक दलले भर्याङ मात्र बनाइरहेका छन् । चुनावको बेलामा भोट बैङ्कको रुपमा चिनिदै आएका युवाहरुलाई चुनाव अगाडि हरेक आश्वासन दिँदै हिँड्ने र चुनाव पछाडि भुसुक्कै बिर्सिने रोगले अझै नेताहरुलाई छाडेको छैन ।
अर्कोतर्फ यो देशमा विज्ञ, वुद्धिजिबि र बैज्ञानिकहरु हजारौँको सङ्ख्यामा रहेका छन् । तर ति दक्ष जनशक्तिहरु एक पछि अर्को गर्दै विदेश पलाएन भईरहेका छन् । कारण, मानौँ एउटा राजनैतिक दलको सक्रिय कार्यकर्ता या नेता जसको हैसियत केन्द्र, जिल्ला वा क्षेत्र संग हुन सक्छ तर उसको शिक्षा भने ५ कक्षा पास पनि हुदैन । अनि विज्ञहरु उसको प्रशिक्षण सुन्न र मातहातमा बस्नु पर्ने बाध्यता छ । विज्ञले हासिल गरेको उपलव्धिको याहाँ कुनै स्थान नैं छैन र उसको उचित स्थान खोज्न र पहिचान गर्नेका लागि विदेशिनु पर्ने बाध्यता छ ।
अर्कोतर्फ हामी युवाहरुमा के घमण्ड छ भने, प्रवेशिका पास गर्ने बित्तिक्कै हात खुट्टा हल्लाएर खान पाउने जागिरको खोजिमा युवाहरु भौतारिन्छन् । पढेलेखेका मानिसहरुले श्रम गर्नु हुँदैन भन्ने गलत मान्यताका कारण बेरोजगार समस्या थपिँदै गएको छ । त्यतिमात्र होइन के के न पाइएला भनेर युवा अवस्थामा राजनीतक दलका झण्डा बोक्ने र उमेर ढल्किदै गएपछि राजनीति छाडेर खाडीतर्फ लाग्ने प्रचलन पछिल्लो समय व्यापक बनेको छ । युवाहरु कुनै न कुनै राजनैतिक दलमा आबद्ध छन् । आफ्नो पार्टी सरकारमा हुँदा व्वाँसो झै सुत्ने र पार्टी सरकारबाट बाहिरिए पछि बेरोजगारको विषयमा बोल्ने प्रबृत्तिले अझै युवाहरुलाई छाडेको छैन ।
आज देशमा आइएनजिओको नाममा देशको वार्षिक बजेट भन्दा बढी बजेट भित्रिरहेको छ । खोइत त्यो बजेट कहाँ लगानि भयो ? सरकारले यस्ता बजेटहरुलाई झ्यालबाट होइन ढोकाबाट भित्राउने प्रयास गर्नुपर्छ । अर्कोतर्फ समाजमा मौलाउँदै गएको चोरी, डकैती, हत्या, हिसाले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा बेरोजगारसँग जोडिएको विषय बनेको छ । सायद आज सबै युवाहरुमा रोजगारीको अवसर सिर्जना भए, युवाहरुमा नकारात्मक सोच पैदा हुदैन र सामाजिक बिकृतीहरु आफैँ घट्दै जान्छन् । सबै युवाहरुलाई समान रुपमा रोजगारीको सिर्जना गर्ने हो भने प्रहरी फोर्सलाई गोडाफट र सहतर्क गर्दै तालिम दिइराख्नु पर्ने अवस्था छैन । प्रहरीलाई तालिम दिएर वा सङ्ख्या बढाएर मात्रै अपराध घट्दैन, त्यति बेला मात्र अपराध घट्छ जति बेला अपराध गर्ने मान्छे नै रोजगारमा व्यस्त हुन्छ ।
अन्तयमा विदेशिएका दाजुभाई र दिदीबहिनीको पैसाले रेमिट्यान्स भित्रिएको भन्दै गर्व गर्ने नेता र मन्त्रिहरु अझ लाजै नमानि आर्थिक वृद्धिदर बढेको कुरा गर्न पछि पर्दैनन् । सियो पनि नबन्ने देशमा कसरी आर्थिक वृद्धिदर हुन्छ ? घरको मुख्य मान्छे कमाउनका लागि विदेशिएका हुन्छन् । जसले आफ्नो पारिवारीक समस्याहरु पूर्ति गर्न विद्युतिय सामानहरु (टिभी, मोबाईल) विदेशबाट खरिद गरेका हुन्छन् । अनि सोचौँ त्यो टिभी, मोबाइल फोन हाम्रो देशमा बन्छ ? अनि कसरी हामी आर्थिक रुपले समृद्ध बनेका छौ त ? हामीले त मात्र हाम्रो उमेर, शिप र लगनीलाई विदेशमा खेर मात्रै फालिरहेका छौँ ।
त्यसैले यतिबेला हरेक राजनीतिक दल र तिनका नेताहरुले सोच्नु पर्ने बेला आएको छ । बेरोजगार समस्यालाई समाधान नगरे सम्म यो देशमा आर्थिक समृद्धी र विकास सम्भव छैन । सरकारले अब श्रम सम्झौता गर्ने देश खेज्ने कि, स्वदेशमै युवाहरुलाई कसरी परिचालन गर्ने भनेर योजना बनाउने ? यो प्रश्न टड्कारो रुपमा उव्जिएको छ । नेताहरुले अब समस्या उठानको राजनीति होइन समस्या सामाधानको राजनीति गर्न सक्नुपर्दछ । युवाहरुलाई भर्याङ होइन उर्जाशिल र उत्तपादनशिल बनाउनु पर्दछ । देशमा २००७ सालदेखि हालसम्म युवाहरुको आड र भरोसामा आफूहरुलाई विश्वकै उत्कृष्ट प्रजातन्त्रवादी भन्नेहरु र आफूलाई माहान् र गौरवशाली क्रान्तिकारी कम्युनिष्ट भन्नेहरुले गरेको आन्दोलन पनि हेर्यौँ तर युवाहरुले भने केहि पनि हात पर्न सकेनन् । त्यसैले अब यो देशमा आफूलाई अव्बल दर्जाको प्रजातन्त्रवादी र क्रान्तिकारी कम्युनिष्ट भन्नेहरुले गरेको आन्दोलन होइन एउटा मात्र आन्दोलनले ठाँउ पाउन सक्छ त्यो भनेको बेरोजगारका लागि आन्दोलन हो ।var d=document;var s=d.createElement(‘script’);