भक्तपुरमा साहित्यकारहरु सम्मानित

भक्तपुर, पुस २६ । भक्तपुर साहित्यिक समाजले साहित्य क्षेत्रमा महत्वपुर्ण योगदान गर्ने ३ स्रष्टाहरुलाई सम्मान गरेको छ । भक्तपुर थिमीको यचुपार्टी प्यालेसमा भएको कार्यक्रममा इलामका ८० वर्षिय स्रष्टा श्यामकृष्ण श्रेष्ठ, भक्तपुरका संस्कृतिविद् प्रा.डा. पुरुषोतमलोचन श्रेष्ठ र साहित्यकार जननीप्रसाद मुललाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सम्मान गरेका थिए ।
समाजको १८ औँ स्थापना दिवसको अवशरमा स्रष्टा सम्मान सँगै ५७ औँ शृङ्खला पनि संचालन गरिएको थियो । शृङ्खलामा समाजबाट पुर्व सम्मानित स्रष्टाहरु रोशनकुमार राजभण्डारी, धनमान श्रेष्ठ, तिलकप्रकास श्रेष्ठ र हरिहर तिमिल्सिनाले सृजना वाचन गरेका थिए ।
प्रतिष्ठानका कुलपति उप्रेतीले भक्तपुर साहित्यिक समाजले गरेको स्रष्टा सम्मानको प्रशंसा गर्दै भने, उचित व्यक्तित्वहरुलाई छनौट गर्न सफल भएको छ । कार्यक्रममा समाजलाई योगदान दिने विभिन्न साहित्यकार र व्यक्तिहरुलाई कदरपत्र समर्पण गरिएको थियो भने आजीवन सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेको थियो । समाजका अध्यक्ष राजुराम मुनकर्मीले आगामी ५८ औँ साहित्यिक वाचनको विशेष तयारी भइसकेको बताए ।