बुटवल, २६ पुस । सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले जनताको सेवामा प्रतिबद्ध भएर काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।
बुटवल उपमहानगरपालिका–१९ मोतीपुरमा नवनिर्मित सशस्त्र प्रहरी बल औद्योगिक सुरक्षा गुल्म बुटवलको भवनको आज उद्घाटन गर्दै बलका प्रमुख राईले जनताले तिरेको करले राज्यका सबै निकाय चल्ने हुँदा सशस्त्र प्रहरी पनि जनताकै सेवक भएकाले जनताप्रति जवाफदेही हुन निर्देशन दिए ।
उनले कुनै पनि देशको औद्योगिक, शैक्षिकलगायत विकासका आधारमा सम्पूर्ण देशको विकासको आधार तय हुने भएकाले औद्योगिक क्षेत्रको सुरक्षामा कुनै कमी हुन नदिन सशस्त्र प्रहरी बलका सबै निकायसँग आग्रह गरे ।
यस क्षेत्रको औद्योगिक क्षेत्रको सुरक्षार्थ स्थापना गरिएको गुल्मको भवन रु एक करोड ८८ लाखको लागतमा निर्माण भएको गुल्मका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश थापाले जानकारी दिए । उनका अनुसार बलको स्वामित्वमा रहेको करिब तीन बिघा क्षेत्रफलमा निर्मित भवनमा कार्यालय, सुरक्षाकर्मी भवन सहित तीन भवन छन् ।} else {