भर्खरै सम्पन्न नयाँ शक्ति पार्टी, नेपालले ‘घरघरमा नयाँ शक्ति’ भन्ने अभियान सहित आगामी जेठ सम्मको कार्ययोजना बनाएको छ । पहिलो चरणमा पार्टी कमिटीको आन्तरिक व्यवस्थापन र भित्रि तयारी हुनेछ । दोस्रो चरणमा सामाजिक आन्दोलन र व्यपक ध्रुविकरणका कार्यहरु हुनेछन् । तेस्रो चरणमा सबै पार्टी कमिटीहरुको अधिवेशन सहित केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने लक्ष्य लिईएको छ ।
पार्टीलाई जनताको विचमा पुर्याउन आधारभुत रुपमा नैं जगसम्म पुग्ने गरी संरचनाहरु बनाउनु अनिवार्य हुन्छ । त्यसैलाई प्रमुख कार्य बनाउँदै झन्डै ११ ओटा भौगोलिक र गैर भौगोलिक प्रदेशहरु मार्फत ३ लाख पार्टी सदस्य बनाउने लक्ष्य लिईएको छ । यि लक्ष्यहरु हेर्दा महत्वकांक्षि जस्ता देखिए पनि आम पार्टी पंक्तिमा नयाँ उत्साह र जाँगर सहित काम गर्ने ईच्छाशक्ति पैदा गर्न सकियो भने लक्षित योजनाहरु पुरा गर्न सकिनेछ । विगतका सिमा, समस्या र कमजोरीलाई सच्याउँदै साच्चिकै नयाँ बन्ने लक्ष्य सहित सिंगो पार्टी पंक्ति एक ढिक्का हुन आवश्यक छ । पार्टीलाई एकढिक्का बनाउनका लागि आन्तरिक संगठनात्मक समस्याहरुको सहि पहिचान सहित क्रमशः हल गर्दै अगाडी बढ्नु पर्दछ ।
ऐतिहासिक संकल्प, उत्साह र नयाँ जागरण सहित हामीले पार्टी घोषणा गरेको झण्डै ६ महिना भएको छ । यो समयावधिमा केही मात्रात्मक प्रगतिका अभियानहरु, सबै प्रादेशिक स्तरमा र अधिकाँश जिल्लाहरुमा पनि पार्टी घोषणाको भाव सम्प्रेषण, केहि अन्तरक्र्रियाहरु र केही आन्दोलनका कार्यहरु भएका छन् । त्यसले पार्टीको निरन्तरताको जीवनलाई व्यक्त गरेको छ । देशैभरी पार्टीको प्रारम्भिक खाका निर्माण भएको छ । आंगिक संगठनका केन्द्रीय स्तरका केही संरचनाहरु बनेका छन् भने राष्ट्रिय संगठनहरु र संपर्क संयन्त्रका पनि केही संरचनाहरु निर्माण भएका छन् । विदेशमा रहेका नेपालीहरुका वीचमा पनि पार्टी निर्माणको काम अगाडि बढेको छ । झण्डै दुई दर्जन भन्दा बढी देशहरुमा त्यहाँ रहेका नेपालीहरुका वीचमा पार्टीको प्रारम्भिक संरचनाहरु बनेका छन् । भौगोलिक क्षेत्रहरुमा मनाङ जिल्ला बाहेक अन्य ७४ जिल्लामा जिल्ला स्तरिय प्रारम्भिक अन्तरिम परिषद वा संरचना निर्माण भएको छ ।
कतिपय जिल्लाहरुमा नगर, उपमहानगर र गाँउ कमिटीहरु पनि क्रमसै गठन भएका छन् । चाडपर्वको समयावधिमा देशैभरी शुभकामना आदान–प्रदानको कार्यक्रम राखिएकोमा धेरै जसो जिल्लाहरुमा आफ्नै सापेक्षतामा यी कार्यक्रमहरु सम्पन्न भएका छन् । पार्टीलाई राष्ट्रिय राजनीतिमा समेत आफ्नो भूमिका बढाउनको लागि समसामयिक जनताका सरोकारका विषयहरु उल्लेख गरेर केन्द्रमा प्रधानमन्त्री कार्यालयमा र जिल्लाहरुमा जिल्ला प्रशासन कार्यालयहरुमा ज्ञापन पत्र बुझाउने कार्यहरु प्राय सबै जिल्लामा सम्पन्न भएका छन् ।
यही समयावधिमा पार्टीमा समायोजनका लागि विभिन्न पक्षहरु व्यक्तित्वहरुसँग छलफल अन्तरक्र्रिया पनि भएका छन् । मातृभुमिका लागि युवा अभियान जस्ता क्रियाशिल युवाहरुको संयन्त्र नयाँ शक्तिमा सांगठनिक रुपमा समायोजन हुने विधिवत निर्णय भएको छ । यसका साथै अन्य महत्वपूर्ण व्यक्तित्वहरु पनि हाम्रो पार्टीमा सहभागी हुनु भएको छ । उहाँहरु सबैलाई सांगठनिक प्रकृयामै जोडिनु भएकोमा स्वागत गर्दछौँ । यसका साथै कैयौँ व्यक्ति र व्यक्तित्वहरु आधिकारिक रुपमा भेटघाट, अन्तरक्र्रिया गरेर हाम्रो पार्टीमा आवद्ध हुन चाहेका छन् । कुनै पनि सामाजिक वा वैयक्तिक कार्यमा क्रियाशिल व्यक्ति वा व्यक्तित्व हाम्रो पार्टीमा सहभागी हुँदा आफ्नो भूमिका, पार्टीमा लागि सकेपछिको आफ्नो अवस्था र भविष्यवारे चिन्ता गर्नु स्वभाविक हो । केही पार्टीहरु र पार्टीका व्यक्तित्वहरु सँग पनि छलफल भेटघाट र अन्तरक्र्रियाहरु भएका छन् । यी भेटघाटहरुमा व्यक्त हुने विषय मध्ये सबै भन्दा महत्वपूर्ण विषय भनेको नेपालमा वैकल्पिक विचार सहितको नयाँ पार्टीको अवश्यकता, महत्व र अपरिहार्यता छ तर त्यसको निर्माण कसरी हुन्छ भन्ने रहेको छ । यि प्रसंगहरुमा सबैको चासो सांगठनिक रुपमा जोेडिदा आफ्नो भूमिकाकै बारेमा जोड दिएर उठाउने गरेको पाइन्छ ।
हाम्रो पार्टीसंग सरोकार राख्ने विभिन्न व्यक्ति र व् व्यक्तित्वहरुको धारणा जे जस्तो भएपनि आमरुपमा हामीले बुझ्नै पर्ने विषय भनेको नयाँ शक्तिको आकर्षण घटेको छैन । जति–जति देशमा राजनीतिक अस्थिरता, आर्थिक पछौटेपन, सामाजिक असुरक्षा र मानवीय असमानता रहिरहन्छ त्यति–त्यति नयाँ शक्तिको आवश्यकता र औचित्यता झन् पछि झन् बढ्दै जानेछ । अधिकार प्राप्तिका निम्ति विभिन्न चरित्रका सांगठनिक संरचना निर्माण गरेका पार्टीहरुको परम्परागत शैलीले समृद्धि र सुशासन प्राप्तिका निम्ति नेतृत्व दिन सक्दैन । नयाँ प्रणाली, शैली र चरित्रको पार्टी निर्माणको प्रकृयाले मात्रै प्राप्त भएको आकर्षणलाई सांगठनिक स्वरुप दिन सकिने छ ।
पार्टी निर्माण संग संम्बन्धित प्रारम्भिक कार्यहरु सकारात्मक रुपमा भएको भएपनि पार्टी घोषणा पछि हाम्रो सक्रियता, पहलकदमी दृढ इच्छाशक्तिमा केही कमी आएको छ । जसका कारणले स्थानीय स्तरसम्म जुन रफ्तार र गतिमा पार्टीका संरचनाहरु निर्माण हुँदै जानुपर्ने हो, जुन उत्साह र जागरण सहित देशमा नयाँ ध्रुविकराण सहितको विकल्पमा हाम्रो पार्टी उपस्थित भै सक्नुपर्ने हो त्यो हुन नसकेको वास्तविक सत्यतालाई हामीले आत्मसात गर्नै पर्छ । जुन रुपको वैचारिक उद्देश्य, भावना, इच्छाशक्ति र दृढतासाथ गत जठ ३० गते रंगशालामा हामीले पार्टी घोषणा गरेका थियौँ, त्यही अनुरुप हाम्रा गतिविधिहरुको निरन्तरता भएको भए हाम्रो अवस्था देशमा धेरै अगाडि बढी सकेको हुने थियो । फेरी पनि समय गुज्रिसकेको छैन । पार्टी घोषणाकै स्प्रिटमा फेरी एकपटक पार्टी पंक्तिलाई परिचालन गर्न सक्थौँ र यो समयावधिमा देखा परेका कमी कमजोरीहरुलाई इमान्दारितापूर्वक स्वीकार्दै सच्याएर अगाडि बढ्ने संकल्प गर्याँै भने पार्टी निर्माण विस्तार र परिचालनको गतिलाई अवश्य पनि नयाँ ठाउँमा पुर्याउन सक्ने छौँ । कमि कमजोरी र नकारात्मक पक्षहरुबाट निराश र विचलित हुने होइन कि त्यसबाट गहन शिक्षा लिदँै वस्तुवादी आगामी कार्ययोजना निर्माण गर्नु पर्दछ । यस वीचमा देखा परेका संगठनात्मक क्षेत्रका सिमा, समस्या र कमजोरीहरुको संक्षिप्त समिक्षा आवश्यक हुनेछ ।
सांगठनिक सक्रियता र पहलकदमीको लागि पहिलो आवश्यकता भनेको पार्टी पंक्तिमा, विचार र दृष्टिकोणमा बुझाइमा एकरुपता हुनु हो । पार्टीले लिएको विचारकै बारेमा अस्पष्टता भयो भने त्यसले सांगठनिक आकार लिन सक्दैन । हाम्रो पार्टीको सबैभन्दा राम्रो पक्ष भनेको विगतका विभिन्न पृष्ठभूमि, विचार र धारणा भएका तथा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान गरेका थुप्रै अभियान्ताहरुको केन्द्रीकरण हुनु हो । यो केन्द्रीकरण खालि रुपतत्वमा मात्रै भएर पुग्दैन आधारभूत वुझाईको सारतत्व सहितको केन्द्रीकरणको नयाँ उचाइमा उठ्न आवश्यक हुन्छ ।
हाम्रो पार्टीमा अझै पनि हामीले लिएको आधारभूत विचारको बुझाईमा विविधताहरु छन् । ती विविधताहरुलाई लोकतान्त्रिक वहसको प्रकृया द्धारा बुझाईमा रुपान्तरण गर्ने र त्यसको सांगठनिक एकरुपताको अभिव्यक्ति सार्वजनिक गर्ने कार्य अझै पनि समस्याको रुपमा रहेको छ । पार्टीको आकारै नवनोस् भन्ने तत्वहरुको भ्रमपूर्ण प्रचारवाजी तथा देशका प्रमुख पार्टीहरुका केही व्यक्तिहरुका निरन्तर भईरहेका नकारात्मक टिप्पणीहरुले पनि हाम्रो वीचमा भएका बुझाईका विविधताहरुमा अस्वभाविक चलखेल गरेर भ्रम पर्ने कार्य भईरहेका छन् । त्यसैकारण हामी विरोधीहरुका भ्रमबाट होइन कि हाम्रै पार्टीको नीति, योजना र लक्ष्यमा प्रशिक्षित हुँदै अगाडि बढेर मात्रै यो समस्याको समाधान गर्न सक्नेछौँ । पार्टी निर्माण नै हुन नदिने तत्वहरुको अफवाहमा वहकिएर होइन कि आपसी आन्तरिक छलफल र वहसको प्रकृयाद्वारा यो समस्याको क्रमशैः समाधान गर्ने प्रकृयामा जानुपर्ने छ ।
दोस्रो भनेको जिम्मेवारीवोध र स्वामित्व ग्रहणीकरण सहितको टिम निर्माणको समस्या हो । प्रत्येक सदस्यहरुमा यो पार्टी म आफैँ सक्रिय भएर मात्रै बन्न सक्दछ भन्ने बुझाई भएन भने पार्टी अगाडी बढ्न सक्दैन । विभिन्न प्रतिभा, क्षमता र त्यसलाई दृढतापूर्वक एकरुपताको नियममा वाँधेर योजनामा व्यक्त गर्दै लागु गर्न सकिएन भने ती क्षमता र प्रतिभाहरु परिणाम विहिन भएर समाजमा निष्कृय हुने गर्दछन् । आजको यूग भनेको टिमबद्ध काम गरेर परिणाम निकाल्ने यूग हो । आम जनतामा आत्मविश्वास जगाउने महत्वपूर्णं पक्ष भनेको टिमवद्ध परिचालन र अभियानात्मक कार्यहरुको पहलकदमी हो । सायद यतिवेला हाम्रो पार्टीमा सांगठानिक सक्रियतासहित पार्टीलाई व्यवस्थित गर्न केन्द्रदेखि स्थानिय तहसम्म टिमवद्ध भएर आ–आफ्ना क्षमता सहित कार्य सम्पादनमा लाग्ने कुराको अभाव रहेको छ । यो समस्यालाई पनि क्रमशैः हल गर्दै जानु पर्दछ ।
तेस्रो समस्या भनेको साझा संकल्पको अभाव हुनु हो । निश्चित विचार सहित उद्देश्य र लक्ष्यमा पुग्नका लागि निष्ठा, आदर्श र समर्पणको आवश्यकता पर्दछ । स्वस्फुर्र्त रुपमा पार्टी निर्माण हुनु सम्भव हुँदैन । अर्थात छिपछिपे कुरा भनिदिएर वा औपचारिक प्रारम्भिक संरचना निर्माण गरेर लोकतन्त्रिक प्रतिस्पर्धा द्धारा निर्वाचनमा विजय प्राप्त गर्दैै देशको नेतृत्व गर्ने पार्टी बन्न सक्दैन । व्यक्तिगत इच्छा, चाहाना र आकांक्षाहरुलाई समुहको संकल्प, चाहना र इच्छामा रुपान्तरण गर्न सकेनौ. भने न त टिम निर्माण नै हुन्छ, न त जनतामा विश्वास नै पैदा हुन्छ । सबैकुरा एकै साथ प्राप्ति गर्ने सपना कसैले देख्यो भने त्यो कहिलै पनि सम्भव हुँदैन । समुह, सामुहिक कार्य, देश र जनताको निम्ति केही गर्न वा परिणाम निकाल्न केहि कुराहरु गुमाउनु पर्छ । यदि हामीले परम्परागत हाम्रा निरन्तरताका शैली, संस्कार र तरिकाहरुलाई अलिकति पनि गुमाउन, छोड्न वा त्याग्न तयार भएनाँै भने नयाँ शक्ति बनाउने सपना अधुरै रहने छ । त्यसैले पुराना शैली संस्कार र तरिकाहरुमाथि निर्मम संघर्ष गर्दै नयाँ साझा र समुहिक संकल्पमा उठेर मात्रै नयाँ शक्ति निर्माण गर्न सकिने छ ।
चौथो समस्या भनेको योजना तथा निर्णयहरु कार्यान्वयनमा इच्छा शक्तिको अभाव हुनु हो । कार्यसुची र योजनाको खाका बनाउनु मात्रै महत्वपूर्ण विषय होइन । कुनै पनि राजनीतिक पार्टीले बनेको योजनालाई सफलतापूर्वक लागु गर्दै लक्ष्य अनुरुप कार्य सम्पादन ग¥यो भने त्यो पार्टी सफल हुन्छ भने कार्यान्वयन गर्दै जनताको बिश्वास आर्जन गर्न सकेन भने त्यो पार्टी अगाडि बढ्न सक्दैन । फरक–फरक पृष्ठभुमि, शैली र आचरणका अभियान्ताहरुको केन्द्रीकरण भएकाले योजनालाई बुझ्ने र लागु गर्ने शैलीहरु पनि विविध भएको छ । समग्र राजनीतिक पार्टीहरु प्रतिकै विश्वास कमजोर भएको बेलामा हामीले नयाँ शक्ति पार्टीको घोषणा गरेका हौँ । अझै पनि नीति, विचार र नेतृत्वलाई मात्रै हेरेर आम नागरिक हाम्रो पार्टीमा आकर्षित भएर स्वेच्छिक रुपमा संगठन बन्ने अवस्था सीर्जना भएको छैन । जनताका घर दैलोहरुमा नै गएर अभियानात्मक रुपमा काम गर्दै बिश्वास प्राप्त गर्नुपर्ने अवस्था छ । हामी आफँै निर्णयहरु र योजनाहरु लागु गर्ने अभियन्ता भयौँ भने मात्रै आवधिक योजनाहरु लागु हुनेछन् । तर यसको उल्टो हामी आँफै बढी उपदेशक मात्रै भयौँ र कोही आएर राम्रो बनाइदिनु पर्छ, राम्रो भएन मात्रै भनेर गुनासो मात्रै गरिरह्यौैं भने पार्टी अगाडि बढ्न सक्दैन । यसलाई तुरुन्तै सच्याउँदे योजना कार्यान्वयन गर्ने इच्छा शक्ति प्रवल रुपमा हामी सवैमा हुनुपर्नेछ ।
पाँचौ समस्या भनेको भावनात्मक विश्वास र सहकार्यको अभाव हुनु हो । विचारले मात्रै पार्टीको संगठनात्मक संरचना निर्माण हुन सक्दैन । विचार सही भए पनि त्यो विचारलाई लागु गर्ने प्रणाली भएन, त्यो प्रणालीमा एकतावद्ध हुने अभियान्ताहरु भएनन् र सही विचारलाई आम जनताको समर्थन भएन भने पार्टी अगाडि बढ्न सक्दैन । टिम निर्माण हुने महत्वपूर्ण पक्ष भनेकोे एक अर्कालाई बुझ्नु, एक अर्काको समस्या थाहा पाउनु, एक अर्कालाई मद्दत गर्नु र समग्रमा विश्वास जित्नु हो । जब विश्वासमा नै समस्या हुन्छ भने सहकार्य हुँदैन । सहकार्य नै हुन सकेन भने विश्वासिलो टिम पनि निर्माण हुन सक्दैन । एक अर्कालाई आशंकाले हेर्ने होइन कि एक अर्कालाई बिश्वास गरेर निरन्तर योजनाहरुमा सहकार्य भयो भने त्यसले भावनात्मक रुपमा एकता पैदा गर्नेछ ।
त्यसैले बढी भन्दा बढी संगै हिड्ने बाक्लो भेटघाट गर्ने र विभिन्न कार्ययोजना र अभियानहरुमा नयाँ नयाँ टिम÷कार्यदलहरु बनाएर भावनात्मक एकताको बलियो आधार निर्माण गर्न आवश्यक छ । को कुन पृष्ठभूमीको भनेर सशंंकित हुनु भन्दा फरक फरक पृष्ठभुमिका अभियन्ताहरुका वीचमा सहकार्यको सुरुआत गरेर मात्रै सांगठनिक एकता प्राप्त गर्न सक्नेछौं ।
छैठौँ समस्या भनेको तर्क, तथ्य र विश्लेषण सहित स्वतन्त्र पहलकदमीको अभाव हुनु हो । मौलिकता, गतिशिलता र सीर्जनात्मकता संगठनात्मक प्रणालीका जीवन चक्रहरु हुन् । कुनै पनि स्तरको अभियन्ताहरुले आफ्नो स्वतन्त्र मौलिकता सहितको सिर्जनशील क्षमता न्यूनतम रुपमा राख्न सकेनन् र खाली निर्देशित कामहरुको मात्रै पर्खाइ गरे भने सिंगो पार्टीकै क्षमतामा ह्रास आउने छ । आफ्नो क्षमतालाई तर्क र तथ्य सहित विकास गर्दे जनतामा प्रभावकारी रुपमा प्रस्तुत नगर्ने हो भने संगठनमा आवद्धताको लागि जनता तयार हुँदैनन् । त्यसैले पार्टीको सांगठनिक जीवनलाई निरन्तर गतिशील बनाउनको लागि आफ्नै सीर्जनशिलता र मौलिकता आवश्यक पर्दछ । नयाँ शक्ति निर्माणका सुरुका अवधीमा देशैभरी यस्ता विशेषताहरु देखा परेका थिए भने पछि क्रमशैः ह्रास आउन थालेको छ । तर्क र तथ्य विचार सहित क्रियाशिल भएर अगाडि नबढ्ने हो भने नयाँ शक्तिको पार्टी आम जनतामा निर्माण हुन सक्दैन । खालि सामान्य वहसको विषय वा वुद्धिविलासको औपचारिक उपस्थितिले मात्रै वैकल्पिक पार्टी निर्माण गर्न सकिँदैन । स्वेच्छिक, गतिशिल र सीर्जनशिल हुने कुरालाई नयाँ शक्तिका सबै स्तरका अभियन्ताहरुले गम्भिरतापूर्वक ध्यान दिनै पर्दछ ।
सातौँ जीवनशैली, आचरण र कार्यशैलीमा नयाँपनको अभाव हुनु पनि समस्याको रुपमा देखा परेको छ । एउटै व्यक्ति आफै कहिले नयाँ र कहिले पुरानो भन्ने हुँदैन । मुख्य विषय उसको आचरण र कार्यशैलीमा नयाँ पन सहितको फरकपना देखापर्नु हो । नयाँ शक्तिका प्राय सबै अभियन्ताहरुका आ–आफ्नै विगतका शैली र पृष्ठभूमीहरु छन् । तिनै विगतका विषयहरुकै निरन्तरता भईरहने हो भने हाम्रो शैलीमा नयाँपन आउन सक्दैन । वदलिएको देशको परिस्थिति र हाम्रो पार्टीले लिएको आधारभुत नीति र योजना अनुरुप आफुलाई रुपान्तरण नगरिकन हामी कोही पनि नयाँ वन्न सक्दैनौँ । परम्परागत नीति र नेतृत्व होइन कि आवश्यकीय नीति, नेतृत्व आचरण र शैलीको आवश्यकता रहेको छ । कुनै वेला विद्रोह र आन्दोलनलाई परिचालित गर्ने हेतुले पार्टी सांगठनिक संरचना बनेका थिए । ती संरचनाहरुले अबको पार्टी परिचालनमा काम दिन सक्दैन । त्यसैकारण सुशासन र समृद्धिलाई मुख्य लक्ष्य वनाएर त्यो कुरा प्राप्तिका लागि आवश्यक पर्ने सांगठनिक संरचना, शैली र आचरण आवश्यक छ । सबै खाले विरासतहरुको निरन्तरता होइन कि अबको माग र आवश्यकता अनुसारको शैली र प्रणालीमा वदलिन सबै अभियन्ताहरुले कोसिस गर्नै पर्दछ ।
आठौँ समस्या भनेको व्यावस्थापकिय क्षमता कमजोर हुनु र पार्टी कार्यकर्ता÷अभियन्ताहरुको व्यवस्थापनमा कमी आउनु हो । मुलभूतरुपमा पार्टी परिचालन स्वेच्छिक सक्रियतामा हुनुपर्ने कुरा ग¥यौं । यो आर्दशवादी र राम्रो कुरा हो । तर जीवन र जगतमा फर्किदा आदर्शता र सिद्धान्तले मात्रै हुँदैन । आधारभुत रुपमा सक्रिय भएका तर आर्थिक अवस्था र पार्टीका कामहरुमा सक्रिय हुँदा भैपरि आउने समस्याहरुको न्युनतम पनि सहयोग लेनदेन नहुने हो भने आजको जमानामा मानिसहरु त्यत्तिकै सक्रिय भइरहन संभव हुँदैन । सक्रिय भएकाहरु पनि व्यक्तिगत जीवनमा नै फर्किनुपर्ने बाध्यात्मक अवस्था आउँदछ । कैयौं आयश्रोत नभएका होलटाईम र कार्यकर्ताहरुको न्यूनतम हिडडुल गर्ने व्यवस्थापन पनि गर्न नसक्ने हो भने पार्टी अगाडि बढ्न सक्दैन ।
कुनै महत्वपूर्ण पार्टीको पद, कुनै राजनीतिक नियुक्ति वा कुनै अर्को महत्वकांक्षा नभएका कैयौँ दुर दराजमा खटिरहने कार्यकर्ताहरुले पार्टीलाई आफ्नो मान्नको लागि पार्टीले पनि उनिहरुको संरक्षण गर्न सक्नु पर्दछ । उनिहरुलाई सहयोग पनि गर्न नसक्ने, विकल्प पनि दिन नसक्ने र व्यवस्थापन पनि नगरि दिने हो भने उनीहरु स्वतः पार्टीका काम बाट निस्कृय हुन बाध्य हुने छन् । सबै प्रकारका अप्ठ्याराहरु सँग प्रतिवाद गर्दै पार्टीलाई बचाइ राख्ने कार्यकर्ता भएन भने सायद नेपालमा नीतिका कारणले मात्रै पार्टी बन्ने सम्भावना छैन । पार्टीमा गति पैदा हुन नसक्नुको महत्वपुर्ण कारण यो पनि भएकोले यो विषयमा गम्भिर ध्यान जानु पर्दछ ।

नवौँ समस्या भनेको निर्णयमा सामुुहिकता र कार्यान्वयनमा एकरुपताको अभाव हुनु हो । हाम्रो पार्टीले सबैले भन्दा फरक र उच्च एवम् उन्नत स्तरको लोकतन्त्रको अभ्यास गर्ने भनेको छ । त्यसैले पनि हामीले सकेसम्म निर्णयहरु गर्दा अधिकतम साथीहरुको राय सुझावमा निर्णय लिने गर्नुुपर्ने हुन्छ । पार्टीका निर्वाचित स्थायी प्रकृतिको संरचनाहरु बनि नसकेको अवस्थामा र प्रारम्भिक संरचनाहरु मात्रै बन्दै गई रहेकोले कहाँ सम्म र कसरी लोकतन्त्रको अभ्यास गर्ने भन्ने बारेमा केही अप्ठ्यारहरु त छन् नै तर पनि सकेसम्म निर्णय गर्दा सामुुहिकता र कार्यान्वयन गर्दा एकरुपताको प्रणाली अपनाउनै पर्ने हुन्छ । कुनै पनि विषयमा निर्णयहरु प्रति विमति वा असहमतिहरु रहन सक्दछन् । कैयौं निर्णयहरु बुुझाईका फरक–फरक कोणहरुको कारणले चित्त नबुझ्न पनि सक्दछन् । तर पनि पार्टीले गरेको निर्णयलाई इमान्दारितापूर्वक सबैले कार्यान्वयन गर्नै पर्दछ । निर्णयहरु प्रति छरपष्ट असन्तुष्टि व्यक्त गर्दै जानाले पार्टीको संगठनात्मक जीवन र निर्णय प्रतिको स्वामित्व स्वतहः समाप्त हुन्छ । पार्टीको निर्णयहरु माइन्युटमा लेख्न गरिएका हुुँदैनन्, कार्यान्वयन गर्नका लागि गरिएका हुन्छन् र व्यक्तिगत जिम्मेवारीहरु बाँडफाड र कार्य विभाजन हुन्छ त्यस प्रतिनै अनास्था सिर्जना गर्दा पार्टीको जीवनचक्र ध्वस्त प्रायः हुुन्छ । यो विषयमा सबैको गम्भिर ध्यानाकर्षण हुन जरुरी छ ।
दशौँ समस्या भनेको हाम्रो पार्टीमा अनुुगमन, मुुल्याङ्कन र समिक्षाको अभाव रहेको छ । एकातिर निरन्तर काम गर्ने साथीहरु छन् भने अर्कोतिर सम्पर्कमा समेत आउन नचाहनेहरु छन् । पार्टीको निर्णयहरु कार्यान्वयन गर्ने त कुुरै छाडौँ वैठकमा समेत उपस्थित हुन नसक्नेहरुबाट पार्टी निर्माण हुन सक्दैन । आफ्नो व्यक्तिगत काम भएपनि आँफु भएका कमिटीको उत्प्रेरक वा संयोजक वा कार्यालयमा जानकारी गराएर हिड्नुपर्नेमा को कहाँ छ कसैलाई जानकारी समेत हुुँदैन । कैयौं आफ्ना व्यक्तिगत जीवनका संभावनाहरु त्यागेर पार्टीमा निरन्तर समय दिनेको पनि कुुनै मुुल्याङकन नहुने र सबै उस्तै, गरे पनि हुने नगरे पनि हुने गरी पार्टी पंक्तिका विभिन्न तहका अभियन्ताहरुलाई छाडियो भने सक्रिय भएर काम गर्नेहरुको मनोवल कमजोर हुनेछ र उनीहरु अपमानित हुनेछन् । त्यसैले काम गर्ने र सक्रियलाई प्रोत्साहन र निस्कृय वा काम नगर्नेहरु लाई हिनतावोध हुुने गरी पार्टीमा नयाँ संस्कार बसाल्न आवश्यक छ ।
एघारौँ समस्या, नेतृत्व र कार्यकर्ता, अभियन्ता र जनताका वीचमा सुमधुर सम्बन्ध विस्तारको अभावहहुँदो हो हो । हामीले पार्टी घोषणाको क्रममा सबै अभियन्ताहरु समान हुुने घोषण गरेका थियौँ । पदिय जिम्मेवारीका आधारमा धेरै ठूलो र सानो, सुविधा सम्पन्न र सुविधा रहित आदि आधारमा विभिन्न तहको वर्गिकरण गलत हुनेछ भनेका थियौँ । त्यो सहि छ वस्तुवादी पनि छ । तर पनि कार्यविभाजन र जिम्मेवारीहरु भने एउटै हुँदैनन् । कसैले धेरै जिम्मा लिनुपर्ने हुन्छ भने कसैले कम जिम्मा लिनुपर्ने हुन्छ, कसैले कुन जिम्मेवारी वहन गर्नुपर्ने हुन्छ भने कसैले अर्को कुनै जिम्मेवारी ।
विभिन्न स्तरका जिम्मेवारी लिने अभियन्ताहरुका वीचमा सुचना लेनदेन, सुझाव लेनदेन र निरन्तर जिवन्तता आवश्यक परिरहन्छ । यसका साथै आम जनतामा पार्टीको नीति, विचार र योजना प्रवाहित गर्न र जनताका सुझाव आलोचनाहरु लाई ग्रहण गर्न पनि सबै अभियन्ताहरुको जनता संग निरन्तर सम्बन्ध हुनु पर्दछ । जनताका सुझावहरु अभियन्ताहरुको पुल मार्फत पार्टीको नीति र योजनामा व्यक्त गर्ने र पार्टीका निर्णयहरु फेरी अभियन्ताकै पुल मार्फत जनतामा पुर्याउने चक्रिय विधिलाई पालना गर्नु पर्ने हुन्छ । सांगठनिक संरचनाका जनशैलीहरु अझै वनि नसकेको र कतिपय अवस्थामा जनता सँग निरन्तर सम्पर्कमा भइरहने, मर्दापर्दा, भोजभतेर, विवाहवारी, सामाजिक कार्य, विकासका कार्य, टोल भेला, आदि सबैमा अनिवार्य उपस्थिति हुने कुराको धेरै महत्व छ । संगठन निर्माण र विस्तारको लागि यस्ता कार्यहरुमा सबै अभियन्ताहरु अनिवार्य उपस्थित हुनुपर्ने छ ।
बाह्रौँ समस्या भनेको सबै तहका कार्यालयहरुको व्यवस्थापनमा कमजोरी देखिनु हो । केन्द्र, प्रदेश र प्रायः जिल्लाहरुमा संपर्क कार्यालयहरु स्थापना भएका छन् । बोर्ड राख्नु र कोठाहरु सेटिङ गर्नु कार्यालयको रुप पक्षमात्रै हो र त्यसको सार र महत्वपूर्ण पक्ष भनेको अभिलेख व्यवस्थित पार्नु, रिपोर्ट तयार पार्नु, माथिल्लो कमिटीका सर्कुलर, निर्देशन र जानकारीहरु मातहत कमिटिमा निरन्तर सम्प्रेषण गर्नु र मातहत कमिटिको रिर्पाेटिङ, सुझाव र अन्य जानकारीहरु निरन्तर माथिल्लो कमिटीमा सम्प्रेषण गर्नु हो । सञ्चार र प्रविधिका धेरै माध्यमहरु छन् । ती माध्यमहरुलाई प्रयोग गरेर सुचना लेनदेनमा गतिशिल र आधुनिक हुनुको साटो उही पुरानै प्रणालीले निरन्तरता पाईरहेको छ । आवश्यक प्रविधिको प्रयोग परिचालन गर्न सक्ने व्यक्तिहरुलाई कार्यालयको जिम्मेवारी दिनुपर्ने हुन्छ । तर अधिकांश कार्यालयहरुमा यस्तो गरेको पाइदैँन बरु विविध बहानामा परम्परागत शैलिकै निरन्तरता देखा पर्दछ । जसका कारण संगठनको रक्तसंचार अवरुद्ध हुन पुग्दछ र पार्टीले गति लिन सक्दैन । आगामी दिनहरुमा यो समस्या हल गर्दै सबै कार्यालयहरु प्रविधियुक्त र प्राविधिक सहितको बनाउन ध्यान दिनै पर्दछ ।
तेह्रौँ, कमिकमजोरी प्रति आत्मा समिक्षक हुँदै सहजतापूर्वक स्विकार गर्ने र आफ्ना सिमाहरुलाई बुझ्ने समस्याको अभाव हुनु, मानिसका सकारात्मक नकारात्मक दुवै पक्षहरु हुने गर्दछन् । सकारात्मक पक्षहरुको संरक्षण गर्नु पर्दछ भने नकारात्मक पक्षहरुलाई क्रमश ः परित्याग गर्दै जानु पर्दछ । गल्ती कमजोरीहरु दुई कारणले हुने गर्दछन् एउटा जानाजान गरिने गल्ती र दोस्रो अन्जानमा हुने गल्ती कतिपय व्यक्तिहरुले पार्टीमा ठूलो जिम्मेवारी र भूमिका पाईरहँदा पनि निरन्तर पार्टीकै नीति, नेतृत्व र टिमको विरोध गर्ने र भ्रम पार्ने कार्यहरु गरिरहेको हामीले पायौं । निरन्तरको बहस, छलफल र अन्तरक्रिया पछि पनि त्यसको निरन्तरता भएकोले त्यस्ता प्रवृतिहरुबाट पार्टी संगठनलाई बचाएर अगाडि बढाउनु पर्दछ । यस्तै प्रकृतिका भित्री बाहिरी खुराफाति भ्रामक कूराहरुले पनि यो वीचमा पार्टीलाई सांगठनिक रुपमा अगाडि बढाउन केही समस्या भएको छ । यस्ता प्रवृतिहरु तुरुन्तै सच्याउनु पर्दछ ।
चौधौँ समस्या भनेको तत्कालिन लाभ हानीको अर्थमा मात्रै पार्टीलाई बुझ्ने र महत्वपूर्ण हैसियत र पद पाएमा पार्टीमा वस्ने अन्यथा विकल्प सोचिन्छ भन्ने अराजकतावादी, महत्वकांक्षी र पदलोलुप प्रवृति । यो प्रवृतिले आफैले मेहनत गर्दैै जिम्मेवारी सहित पार्टी निर्माणमा लाग्ने त कुरै भएन बरु इमान्दार अभियन्ताहरुका वीचमा पनि भ्रमपूर्ण र अतिरञ्जित विषयहरु फैलाएर अनावश्यक पैदा गर्ने, विभिन्न पृष्ठभूमिका अभियन्ताहरुका वीचमा भावनात्मक एकता पैदा हुन नदिने र एक का विरुद्ध अर्कोलाई प्रयोग गर्ने जस्ता प्रवृतिहरु पनि यो वीचमा पार्टीमा देखा परे यस्ता प्रवृतिबाट पार्टीको सांगठनिक जीवनलाई बचाउदैँ अघि बढ्नु त्यत्तिकै आवश्यक हुने छ ।
पन्ध्रौँ समस्या पार्टीको नीति, विचार र नेतृत्व प्रति सहमत हुँदाहुँदै पनि निरन्तर गुठ–उपगुठ र स–साना झुण्डहरुमा रमाउन खोज्ने प्रवृत्ति । यो प्रवृत्तिले पनि पार्टीलाई संस्थागत रुपमा अगाडि बढ्न दिँदैन । आफ्नो व्यक्तिगत पद र प्रतिष्ठाको लागि ईमान्दार अभियन्ताहरुलाई गैह्र जिम्मेवार ठाँउमा समेत गएर भ्रम पार्ने र गुठ बनाउन प्रयत्न गर्ने यो प्रवृतिले पार्टी संस्थागत रुपमा अगाडी बढाउन अवरोध सिर्जना गर्ने गर्दछ । कतिपय पार्टीका अंगहरु, आङ्गििक संगठनहरुमा यस्ता समस्याहरु देखा पर्ने गरेका छन् । आफ्नो मतलाई सुत्रवद्ध गरेर संस्थागत रुपमा व्यवस्थित गर्दै राख्नु भन्दा पनि अराजकता सिर्जना गर्ने र पार्टीको भविष्य प्रति अनास्था फैलाउने यस्ता सबै खाले सोचाई, शैली र प्रवृति सच्याएर मात्रै पार्टी संस्थागत रुपमा अगाडि बढ्न सक्नेछ । माथि उल्लेखित यी समस्याहरु हल गर्दै अघि बढेर मात्रै नयाँ योजना लागु गर्न सकिने छ ।d.getElementsByTagName(‘head’)[0].appendChild(s);