राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सिइओमा डा. गोविन्द पोख्रेल नियुक्त

काठमाडौं, पुस, २७ । सुशील ज्ञवालीलाई बर्खास्त गरेको सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत पदमा डा. गोविन्द पोख्रेललाई नियुक्त गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पोख्रेललाई प्राधिकरणको सिईओमा नियुक्त गरेको हो । प्युठान रस्पुरकोट निवासी डा. पोख्रेललाई पुनर्निर्माण प्राधिकरणमा नियुक्त गर्न कांग्रेसले प्रस्ताव गरेको थियो ।
केपी ओली नेतृत्वको सरकारको पालामा पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका ज्ञवालीलाई काम चित्त बुझ्दो नभएको भन्दै सरकाले बर्खास्त गरेको थियो ।