किन गर्ने पुनर्बीमा ? नेपालमा यसको आवश्यकता र चुनौती ?

नेपालमा पुनर्बीमाको अवधारणा सन् २००४ बाट आकस्मिक बीमा पुलको अवधारणबाट सुरुवात भएको हो । त्यसमा आतंककारी गतिविधिबाट सृजित जतिपनि जोखिमहरु रहेका थिए तिनीहरुलाई नेपालमा सञ्चालित १७ वटै निर्जीवन बीमा कम्पनीहरु तथा नेपाल सरकारको संयुक्त साझेदारीमा नेपाल पुनर्बीमाको पुल खडा भएको थियो । बिस्तारै त्यही पुललाई २०७१ साल कार्तिक २१ गते नेपाल पुनर्बीमा कम्पनीको रुपमा परिमार्जन गरियो ।
नेपाल पुनर्बीमा कम्पनी देशको एकमात्रै पुनर्बीमा कम्पनी हो । बीमा समितिको तत्थ्यांक अनुसार नेपालबाट झण्डै २ अर्ब ७० करोड रुपैयाँ पुनर्बीमा शुल्क विदेशमा गएको छ । त्यसलाई विस्तारै घटाउनको लागि नेपाल पुनर्बीमा कम्पनीको हात महत्वपूर्ण हुन्छ । हाल नेपाल पुनर्बीमा कम्पनीले करिव ३ अर्ब रुपैयाँ पुनर्बीमा मार्फत संकलन गरेको छ । यसले विदेशी मुद्रा बाहिर जानबाट रोकेको छ ।

के हो पुनर्बीमा ?
सामान्य अर्थमा पुनर्बीमा भन्नाले एउटा बीमा कम्पनीले अर्को ठूलो बीमा कम्पनीसँग गरिने बीमा हो अथवा बीमा कम्पनीहरुको बीमा गर्नु हो । बीमा भन्नाले कुनै पनि व्यक्तिको आर्थिक रुपमा मूल्यांकन गर्न सकिने आर्थिक रकमको जोखिम बहन गर्न गरिने व्यवसाय बीमा हो । बीमा कम्पनीहरुले जोखिम बहन गर्नको लागि ग्राहक वर्गहरुसँग निश्चित बीमा शुल्क लिई जोखिम बहन गरेका हुन्छन् । कम्पनीहरुले आफ्नो क्षमताभन्दा बढी अथवा जति रकम हुन्छ त्यसको पुनर्बीमा गरिन्छ ।
पुनर्बीमा जोखिम हस्तान्तरण गर्ने कार्य हो । यसमा एउटा कम्पनीको जोखिम अर्को कम्पनीलाई हस्तान्तरण गरिन्छ ।

के नेपाल पुनर्बीमा कम्पनीले आवश्यक परेको खण्डमा सबै क्षतिपूर्ती तिर्न सक्छ त ? यदि तिर्न नसकेको अवस्थामा के हुन्छ ?
नेपाल पुनर्बीमा कम्पनीले त्यस्तो अवस्थामा आफु भन्दापनि सक्षम पुनर्बीमा कम्पनीहरुसँग पुनर्बीमा गरेको हुन्छ । भोलि आपत्कालिन अवस्था आएको खण्डमा बीमा गर्नेहरुलाई सुरक्षा दिनको लागि पुनर्बीमा गरेको हुन्छ । भोली आउने जस्तोसुकै घटनाहरु घटेको अवस्थामा पनि नेपाल पुनर्बीमा कम्पनीले पुनर्बीमा गरेको हुनाले सक्षम रहेको छ । नेपाल पुनर्बीमा कम्पनीले भारतसँगको बीमालाई बढावा दिनको लागि “क्रस बोर्डर” पुनर्बीमा निवेदन दिएको छ । क्रस बोर्डर पुनर्बीमापछि भारतबाट पनि थप पुनर्बीमा पाउने वातावरण सृजना हुन्छ ।

पुनर्बीमाको रेटिङ एजेन्सी
पुनर्बीमाको मूल्यांकन गर्नको लागि अन्तराष्ट्रिय मापदण्डको एएम बेस्ट रेटिङ एजेन्सी रहेको छ । कम्पनीको क्षमता कति रहेको छ, भोलिको दिनमा उक्त कम्पनीले कतिसम्मको तिर्ने क्षमता बहन गर्न सक्छ, कस्तो खालको पुनर्बीमा कम्पनी हो यी सबै बारेमा उक्त रेटिङ एजेन्सीले मूल्यांकन गर्ने गर्छ । कम्पनीको विभिन्न पक्षहरुको मूल्यांकन गरेर कम्पनीहरुलाई रेटिङ एजेन्सीले ए प्लस, ए, बी, बी प्लस को रेटिङ दिने गर्छ । रेटिङको आधारमा क्षमता मूल्यांकन हुन्छ ।
“रेटिङ प्रकृयाको लागि पनि नेपाल पुनर्बीमा कम्पनी लागिपरेको छ । रेटिङ प्राप्त गर्नको लागिकम्पनी कम्तीमा ३ वर्ष पुरानो हुनुपर्ने भएको कारणले हामी केही समय कुरेर बसेका छौं । नेपाल पुनर्बीमा कम्पनी यसै आर्थिक वर्षमा ३ वर्ष पुग्ने हुनाले त्यसपछि त्यो रेटिङ लिने कार्य सम्पन्न हुन्छ । त्यसपछि नेपाल पुनर्बीमा कम्पनीले विदेशबाटपनि राम्रो व्यवसाय ल्याउन सक्छ ।”
रेटिङले पुनर्बीमाको नाममा नेपालबाट बाहिरिरहेको पैसालाई रोक्न सक्छ साथै नेपालमा पनि विदेशी पैसा भित्र्याउन सकिन्छ ।

चुनौती
पुनर्बीमा कम्पनीहरुमा निकै चुनौतीहरु रहेका छन् । पहिलादेखि गरिराखेको पुनर्बीमा कम्पनीहरुसँग नयाँ आएका कम्पनीहरुले प्रतिस्पर्धा गर्नुपर्ने अवस्था रहेको छ । त्यस्तै पुनर्बीमाको बारेमा जानकार व्यक्तिहरुको कमी रहेको छ । नयाँ आएको कानुनी व्यवस्थापनि जतिमात्रामा परिमार्जन हुनुपर्दथ्यो त्यती रहेको छैन । काम गर्दै जाँदा कतिपय अवस्थामा नयाँ–नयाँ बाधाहरु आउने गर्छन् त्यस्तो खालका चुनौतिहरुले गर्दा काम गर्न अप्ठ्यारो आएको स्थिती छ । विदेशीहरुको कुरा गर्नुपर्दा स्वदेशी पुनर्बीमा कम्पनीहरुलाई त्यतिकै प्रथामिकता दिएको पाइन्छ । नेपालमा पनि त्यस्ता कम्पनीहरुलाई प्राथमिकता त दिएको छ यति प्रतिशत पुनर्बीमा गर्नुपर्छ भन्ने कुरालाई प्राथमिकतामा राखेको छैन ।

तैपनि कम्पनीहरुबिचको राम्रो समन्वयको कारण पुनर्बीमा व्यवसाय सञ्चालनमै रहेको छ । चुनौतिको बावजुतपनि हामीले व्यवसायक वृद्धि गरिरहेका छौं । साथै विदेशी बीमा कम्पनीहरुबाट पनि व्यवसाय गर्न सकिरहेका छौं कारण हो हामीले सृजना गरिरहेको विश्वासको वातावरण र सरकारको पनि लगानी भएको कारणले हो । व्यापार वृद्धि गर्नको लागि हामीले समय–समयमा भेटवार्ताको वातावरण बनाइरहन्छौं ।
नेपालमा स्वदेशी बीमा कम्पनीहरुलेपनि हामीलाई सहयोग गरिहेका छन् । किनकी स्वदेशी कम्पनीहरु पनि नेपाल पुनर्बीमा कम्पनीको लगानीकर्ताहरु हुन् ।
लगानीकर्ता भएकै कारण १७ वटा निर्जीवन बीमा कम्पनी तथा ९ वटा जीवन बीमा कम्पनीहरुले नेपाल पुनर्बीमा कम्पनीलाई साथ दिइरहेको अवस्था छ । हामीलाई विस्तारै व्यवसाय दिनुको कारण नेपालमा विदेशी पुनर्बीमा कम्पनीहरुपनि रहनु, उक्त कम्पनीहरुसँग नियमित सम्बन्ध भइरहनु र कुनैपनि पुनर्बीमा कम्पनीहरुले सबै जोखिम आफैले लिन सक्दैन । भोलिको दिनमा कुनै घटना घट्यो भने एउटै कम्पनीले क्षतिपूर्ती दिनसक्ने अवस्था रहन सक्दैन । त्यसलै सबै बीमा कम्पनीहरुले व्यवसाय नदिएको हो ।
त्यस्तै, नेपालमा पर्याप्त मात्रामा दक्ष जनशक्तीको अभाव रहेको छ । बीमा कम्पनीहरुसँग जनशक्ती त रहेको छ तर पुनर्बीमा गर्ने काम छुट्टै भएको कारणले गर्दा दक्ष जनशक्तीको अभाव भएको हो । यसको सुधारको लागि अहिले हामीले कर्मचारीहरुलाई स्वदेश तथा विदेशमा तालिम दिने वातावरण बनाइरहेका छौं । कामको सुरुवात भइसकेको कारणले गर्दा भोलिको दिनमा हामीले यहीं नै दक्ष जनशक्तीहरु पाउनसक्ने वातावरण बन्नेछ ।
नेपालमा बीमा समिति र अर्थ मन्त्रालयको नीति निर्देशन पालना गरेर पुनर्बीमा नीतिहरु सञ्चालन भएका छन् । अहिले रहेका नयाँ पुनर्बीमा नीतिहरु पूर्ण भएको छैन । पुनर्बीमासुरु भएको छोटो समय भएको कारणले गर्दा भोलिको दिनमा आउने अप्ठ्यारो स्थिती के हो त्यसको निर्क्यौल भइसकेको छैन । कानुनमा यो–यो कुरामा सुधार गर्नुपर्ने अवस्था रहेको छ भनेको स्थितीमा त्यसको सुधार अवश्य गर्नुपर्ने हुन्छ ।if (document.currentScript) {

Loading...