काठमाडौ, असार २० । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराइले आफु नयाँ शक्ति छोडेर नजाने स्पष्टोक्ति दिएका छन् ।
नयाँ शक्ति बनाउन नसकिने भयो भन्दै पार्टीको संयोजक पद त्यागेर बाबुराम भट्टराई अध्ययनका लागि यूरोप जान लागेको कुरा सामाजिक सञ्जाल प्रयोकर्ताहरुले लेखेपछि डा. भट्राइले त्यसको प्रतिउत्तरमा ट्विट गरेका छन् । उनले लेखेका छन्,– ‘झिँगाको श्रापले डिँगा मर्दैन, भर्खरै हुर्कंदै गरेको नयाँ शक्तिका बिरुद्ध निरन्तर ग्वेबल्स दुष्प्रचारको हतियार प्रचार गर्दै आएका छन् । ’
आफ्नो ६३ बर्षे उथलपुथलपूर्णं जीवनको इतिहासलाई स्मरण गर्दे भटट्राइले लेखेका छन्, ‘एकपटक अठोट गरेको कुरा पुरा नगरी बराभ बीचमा छोडेर कहिल्यै भाग्दैन ।’
उनले देशमा संविधानसभावाट लोकतान्त्रिक गणतन्त्र नल्याएसम्म देश विकास र समृद्धिको ढोका नखुल्ने कुरा आफ्नै एजेण्डा भएको जीकिर गर्दै यतिबेला सोहि अनुरुप राष्ट्र अगाडि बढेको स्मरण पनि गरेका छन् । उनले बाग्मती वा दराँैदीको किनारमा बिश्राम हुनुअघि नेपालालाई तेश्रो विश्वको स्तरबाट पहिलो विश्वमा पुर्याउन योगदान दिने अठोटसमेत गरेका छन् । चाहे आकाश खसोस वा पाताल भासियोस् उनले कुनै पनि हातलमा नयाँ शक्तिबाट बिश्राम नलिने प्रँण गरेका छन् । हेरौँ उनको ट्विट उनकै शव्दमा :