काठमाडौं । हिन्दु नारीहरुको महान् पर्व हरितालिका अर्थात् तीज नजिकिँदै गर्दा बजारमा तीजका गीतहरु आउन थाथिसकेका ।
पछिल्ला बर्षहरुमा तीजका गीतमा विकृती प्रवेश गरेको भन्दै आलोचना पनि बढेको छ । तर नयाँ पुस्ताले भने तीजका गीतमा समसामायीक विषय बस्तुलाई पनि उठान गर्नै गरेका छन् ।


यतिबेला समाजिक सञ्जनल युट्यूवमा गायक बिनोद भण्डारीले मुग्लिन नारायणगढ सडक खण्डको बिषयलाई व्यङ्ग्य कस्दै मुग्लिनको धुलोले आफ्नै बूढी चिल्न गाह्रो भो… भन्ने अभिव्यक्ति दिएका छन् ।
उनलाई स्वरमा साथ दिएकी छिन् शान्ति परियारले भने उक्त गीतमा देश चलाउने नेतादेखि सडक बनाउने ठेक्केदारलाई समेत व्यङ्ग्य प्रहार गरेका छन् गायक विनोद भण्डारीले । यस गितमा कलाकाल यादव देवकोटा उर्फ सरापे  सुशिला निरौला उर्फ बिमलीले अभिनय गरेका छन् । हेरौ भिडियो