१. अहिलेको नेपाली राजनीतिक घटनाक्रमलाई कसरी लिनुभएको छ ?

देश यतिबेला ऐतिहासिक आन्दोलनहरुबाट प्राप्त उपलब्धीहरु संस्थागत गर्ने क्रममा संविधान सभा बाट संविधान जारी भए पश्चात कार्यान्वयनको प्रारम्भिक  तर महत्वपूर्ण चरणमा छ । लामो समय लगाएरै भएता पनि राज्य पुर्नसंरचना पश्चात निर्मित स्थानीय तहको निर्वाचन सम्पन्न हुने क्रममा छ । विगत लामो समयदेखि रिक्त रहेको ति निकायहरु आधारभूत रुपमै फरक ढंगबाट नागरिकका विच स्थापित हु“दैछ । भौगोलिक विभाजन मात्र होइन अकल्पनीय अधिकार र कार्यक्षेत्रका साथ स्थानीय सरकारहरु जनसेवामा सक्रिय हु“दैछ यसको सकारात्मक र सुखद अनुभूति सहित विगत आन्दोलनको नेतृत्व जनतामा बढेको सचेतता, त्यसले पैदा गरेको आकांक्षा र निर्वाचन परिणाम विच जुन प्रकारको अन्तरविरोध छ त्यसको असर जसरी सत्ता र प्रतिपक्षी दलहरुमा देखिन थालिसकेको छ । जसका कारण सार्वजनिक महत्वका राष्ट्रिय एजेण्डाहरु जसमा जुन प्रकारको राष्ट्रिय एकता र साझा प्रतिवद्धताको आवश्यकता छ ति विषयहरु ओझेलमा पर्न सक्ने खतरालाई बढाई दिएको छ । जसले आम नागरिकको शान्ति, विकास र समृद्धिको चाहना पुरा नहुने हो कि अर्थात अझै द्धन्द्ध र शान्ति, विकास र समृद्धिको चाहना रुमलिरहेको छ यही मनोदशाका विच प्रदेशसभा र संघीयसभाको निर्वाचन पश्चात केही मात्रामा भए पनि आफ्नो उद्देश्य पुरा हुने आशामा रहेको नागरिक समाजको मौनतालाई हेरिहेको छु ।

२. भर्खरै सम्पन्न भएको नया“ शक्तिको संघीय परिषदको बैठकले के त्यस्तो निर्णय ग¥यो ?

जुन निर्णयले पार्टी धु्रविकरण सम्म पुग्यो ?हाम्रो पार्टीको सर्वोच्च निकाय संघीय परिषदको दोस्रँे पूर्ण वैठक यही श्रावण ९ –१२ काठमाडौंमा सम्पन्न भयो । यसले देशको वर्तमान परिस्थितिमा समसामयिक प्रस्ताव पारित गरेको छ भने पार्टी जीवनको समिक्षा गर्दै (पार्टी स्थापनाको १ वर्ष समिक्ष्ाँ र आगामी कार्ययोजना ) शीर्षकको राजनैतिक प्रतिवेदन पारित गरेको छ । जसमा हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा प्राप्त मतपरिणाम र यसले आगामी दिनहरुमा अपनाउनु पर्ने सजगताका विषयमा गम्भीर आत्म समीक्षा सहित आगामी कार्यभारका बारेमा दूरगामी महत्वका निर्णयहरु सर्वसम्मत रुपमा एक मतले लिएका छौं । व्यवस्था परिवर्तनको राजनैतिक आन्दोलन समाप्ती पश्चात देश जुन चरणमा अघि बढ्दै छ त्यसको कुशल नेतृत्वका लागि वा सम्भावित द्धन्द्धको सुक्ष्म व्यवस्थापनका लागि राष्ट्रिय एकतालाई जोड दिदै ५ ‘स’ प्रति प्रतिवद्ध हु“दै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदको मुद्दामा धारणा÷विचार मिल्ने सबै पार्टीहरु संग परिस्थितिको आवश्यकता अनुसार तालमेल कार्यगत एकता र पार्टी ध्रुविकरण गर्दै आर्थिक विकास र समृद्धिको नेतृत्व गर्ने राम्रो र ठूलो पार्टी निर्माण गर्ने त्यसका लागि सबै नागरिकलाई आवहान गर्ने निर्णय गरेको छ । साथै भ्रष्टाचार विरोधी सामाजिक अभियान संचालन गर्ने, देशको ४० लाख भन्दा बढी युवा शक्ति रोजगारको खोजीमा विदेशिएका छन् ति शक्तिको सहभागिता विनाको निर्वाचनले वास्तविक जनमतको अभिव्यक्त नगर्ने हुनाले राजनैतिक परिवर्तन पश्चात संविधान सभाबाट जारी संविधान कार्यान्वयनको चरणमा रहेको वर्तमान अवस्थामा ति युवा शक्तिलाई पनि सम्बन्धित देशमा रहेका नेपाली दूतावस वा महावाणिज्य दूतावास मार्फत मतदान गर्ने व्यवस्थाका लागि सरकार समक्ष आग्रह गर्ने र निर्णय लिएका छौं । साथै पार्टी विधान अनुरुप सम्पन्न भै सक्नुपर्ने पार्टीको महाधिवेशन स्थानीय तहको निर्वाचनको कारण सम्पन्न गर्न नसकेकाले १ वर्ष भित्र गर्ने र त्यसको लागि चुस्त आयोजक समिति निर्माण गर्ने गरी संघीय परिषद भन्दा माथिका सम्पूर्ण कमिटीहरु विघटन गरेका छौ ।जहासम्म पार्टी ध्रुविकरणको कुरा छ, यसमा अहिले जति साथीहरु ध्रुविकरणको नाममा जे गरिरहनु भएको छ त्यो तहमा जाने गरी परिषद बैठकमा केही पनि निर्णयहरु भएका छैनन् । हो हामीले के चाही भनेका छौ भने ५ ‘स’ प्रति प्रतिवद्ध भइ प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई स्वीकार गर्ने राजनैतिक शक्तिका विच बृहत धु्रविकरण, कार्यगत एकता तालमेल गर्ने भनेका हौं । तर केही साथीहरु स्थानीय निर्वाचनमा व्यहोरेको हार र उहा“हरुमा बढेको सत्ता र शक्ति प्रतिको महत्वकांक्षाले सामान्य कला समेत नपु¥याई विलिन हुन जानुभयो, जहा“ जानु भयो त्या“ नै एक वर्ष अगाडी जे आरोप लगाउनु भएको थियो त्यसमा के के सुधार भयो ? सरसर्ती हेर्दा र विचार  सिद्धान्त र कार्यशैलीमा त केही परिवर्तन भएको छैन । त्यसैले धु्रविकरण भएको छैन केही स्वार्थ र महत्वकांक्षाहरुको सोही अनुरुपमा समूहमा विलय भएको हो । धु्रविकरण त विचार सिद्धान्तमा सहमत भई एजेण्डाहरु मिलेपछि हुने हो जो हामी शुरुवात गर्दैछौं, जहा“ नीजि वा व्यक्तिगत स्वार्थहरु रहने छैन ।

३. त्यसो भए त्यो धु्रविकरण होइन ?

होइन म फेरी भन्छु त्यो धु्रविकरण हुदै होइन, जुन उहा“हरुले भन्ने गरेको धु्रविकरणको कुरा छ, धु्रविकरणको राष्ट्रिय भेलाको व्यानरमा भएको कार्यक्रम पार्टी प्रवेशमा टुङ्गिएको छ, यो कसरी धु्रविकरण हो ? साथीहरु लाज नमानी भन्दा हुन्छ यो विलिनिकरण हो ।

४. स्थानीय निकायको निर्वाचनमा आएको मत परिणामले नया“ शक्ति कमजोर भएको हो ?

विभिन्न विषमताका विच निर्वाचन आयोगमा दर्ता भएको छन् तर स्वतन्त्र दैनिकमा स्थानीय निर्वाचनमा सहभागी बन्यौं, परिणाम अनपेक्षित आयो जुन स्वभाविक नै थियो । हाम्रो पार्टी भर्खर माथीबाट क्रमशः बन्दै तल जादैछ कतिपय स्थानीय तहमा पुग्नै सकेको छैन भने वडा, गाउ“, टोल तहमा त पुग्नै भ्याएको छैन । विस्तारै पुग्दैछ, त्यसैले निर्वाचन हाम्रो लागि स्वभाविक छ । अर्को कुरो कमजोर र शक्तिशालीको पहिचान चाही जनमत र एजेण्डाले निर्धारण गर्छ । स्थानीय निर्वाचनले हामीलाई कमजोर सावित ग¥यो । यसलाई सम्मान र रुचीकार गर्छ त्यो भन्दा बढी खुशी यतिबेला देश नया“ शक्तिले उठाएको आर्थिक विकास र समृद्धिको एजेण्डामा एकाकार भएको छ । हाम्रो आर्थिक एजेण्डा देशको एजेण्डा बनेको छ । त्यहि हाम्रो मुद्दाका हिसाबले शक्तिशाली र विकल्प विहिन छौं । जनमत फेरबदल हुन हाम्रँे जस्तो देशमा केही समय लाग्छ नै तर एजेण्डालाई जनमतले स्वीकार गर्दछ यसको विकल्प छैन ।हामी राजनैतिक भन्दा पनि सामाजिक पृष्ठभूमिको नागरिक विगतका परिवर्तनकारी आन्दोलन पश्चात देशले जे उपलब्धी हासिल ग¥यो, त्यो ऐतिहासिक छ । त्यसको संस्थागत गर्नु हामी सबैको जिम्मेवारी हो । एउटा सचेत नागरिक जब देशप्रति गुनासो मात्र गर्छ । व्यवस्था प्रणाली र पद्धतिप्रति असन्तुष्ट मात्र जनाउ“छ भने उसले नागरिकको भूमिका पुरा गर्न सक्दो रहेनछ । राजनीति एउटा निश्चित परिवारको जिम्मामा छाडेर सडकमा असन्तुष्टि जनाउनु अर्थ हु“दैन, यसैलाई मनन गर्दै हामी राजनीतिमा होमिने आ“ट ग¥यौं । पार्टीहरुको धेरै विमतका बीच हामी नया“ शक्ति पार्टीमा आवद्ध भयौं । यसमा आफै तर्क र मान्यताहरु छ । हामीलाई थाहा छ यो पार्टी स्थापनाको छोटो समयमा राज्यले निर्वाचनको घोषणा ग¥यो । राजनैतिक व्यवस्था पविर्तनको युग समाप्त भए पश्चात गठन भएको पार्टीहरुमा निर्वाचनलाई के गर्ने भन्ने बहस हुने कुरै भएन । हामी निशर्त चुनावमा सहभागी हुदै थियौं तर यसमा दलिय सिण्डिकेट कायम राख्ने, अराजकता र अस्थिरतालाई कायम राखी सत्ताको दुरुपयोग गर्न चाहने प्रवृत्तिले दल खोली निर्वाचनमा सहभागी हुन पाउने संवैधानिक अधिकारलाई नियन्त्रण गर्दै निर्वाचन आयोगमा दर्ता भएको दललाई दर्ता भएको चुनाव चिन्ह नै नदिई षड्यन्त्रपूर्ण ढंगबाट निर्वाचन ग¥यो । भर्खर स्थापना भएको पार्टी जनस्तरसम्म संगठन निर्माण भै नसकेको त्यसमाथि चिन्ह्रविहिन भई चुनावमा सहभागी हु“दा कस्तो परिणाम आउ“छ रु यो अनुमान विपरित थिएन तर अपेक्षाकृत पनि थिएन तैपनि यसले संगठन विस्तारलाई सहयोग पु¥याएको छ, जनताका विच नया“ शक्ति पार्टी पनि छ भन्ने पहिचान गराएको छ । तव जब कुनै दल जनताका विच विजयी भएन । उनीहरुको सुविधामा सहयोगी बन्दैन तवसम्म आफ्नो औचित्य स्थापित गर्न गाह्रो हुन्छ नै तर परिणामबाट आत्तिन पर्ने अवस्था भने छैन ।

५.अहिले नया“ शक्तिमा आम कार्यकर्तामा निराशा पैदा भएको हो ?

हैन । हैन । किन निराश हुने ? स्थानीय तहमा पराजित भयौं, जब चुनाव चिन्ह्र विहिन भएर चुनावमा सहभागि भयौं चुनावमा सहभागिता जनाउनु नै हामी सफल हुनु हो । कुरा निराशाको, एक वर्ष अघि स्थापना भएको पार्टी तल्लो तहसम्म संगठन विस्तार गर्न नसक्दै जुन परिणाम मा मत प्राप्त ग¥यौं त्यसबाट हामी त उत्साही छौं । संगै हामीले उठाएको विकास समृद्धिको नारा देशको साझा एजेण्डा बन्दैछ भने प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा जनमत बढ्दै छ भने हामी किन निराश हुने ? बरु उत्साही पो छौं ।

६. आगामी संघ र प्रदेशको निर्वाचनमा नया“ शक्तिले थ्रेस होल्ड कटाउ“छ ?

मैले अघि नै भनिसके“ हाम्रो पाटीै तलबाट वा जनस्तरबाट बन्दै आएको पार्टी हैन, परिवर्तित परिस्थिति अनुसार देशलाई नेतृत्व गर्ने नया“ र बैकल्पिक राजनैतिक शक्तिको आवश्यकतालाई बोध गर्ने केही व्यक्तित्वहरुले माथिल्लो स्तरमा निर्माण गरी क्रमश प्रदेश जिल्ला र स्थानीय तह वडा, गाउ“ टोल स्तरमा संगठन निर्माणको क्रममा नै छौं । पार्टी चिनाउने क्रममा नै थियौं स्थानीय तहको निर्वाचनले पार्टीलाई देशव्यापी पहिचान गराउन सहयोग गरेको छ । अहिले सम्म आइपुग्दा हाम्रो पार्टी देशभर स्थापित भै सकेको छ । त्यसैले थ्रेसहोल्ड नकाट्ने भन्ने त कुरै भएन नी ।

७) अहिले तपाइलाई पार्टीले सम्पर्क संयन्त्रको प्रदेशको ३ नम्बर प्रदेशको संयोजक बनाएको छ, सम्पर्क संयन्त्रको भूमिका कस्तो रहन्छ ?

मूलतः सम्पर्क संयन्त्रले पनि पार्टीले दिएका राजनैतिक विचार र सिद्धान्तमा आधारित भएर पार्टीको निर्णयहरुलार्य कार्यान्वयन गर्ने हो । आफ्नो सापेक्षता वा सिर्जनशीलतामा योजना निर्माण गर्न फरक कुरा हो । विभिन्न जिल्लाबाट उपत्यकामा आफ्नो पेशा व्यवसाय संचालन गरेर बसेका आम साथीहरुलाई नया“ शक्तिको नीति र विचारमा जोड्ने र नया“ शक्तिको राजनैतिक एजेण्डाहरुलाई आम जनताको विचमा प्रवाहित गर्ने काम नै सम्पर्क संयन्त्रको मुख्य काम हो

८. अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

यस अनलाइन पत्रिका मार्फत मेरो आफ्नो विचार अभिव्यक्त गर्ने महत्वपूर्ण अवसर प्रदान गर्नुभएकोमा सर्व प्रथम त अखबार दैनिकलाई धन्यवाद दिन चाहन्छु । साथै अहिले मुख्यतः इतिहासको ३ चरण एकिकरण, राजनीतिक क्रान्ति र आर्थिक क्रान्ति हामी आर्थिक क्रान्तिको चरणमा छौं । आर्थिक क्रान्ति सम्पन्न नगरी देश समृद्ध हुन असम्भव छ । यसर्थ हामी सबै नया“ शक्ति पार्टीले उठाएको आर्थिक क्रान्तिको बाटोमा लाग्नु जरुरी छ ।