नयाँ पत्रिका दैनिकमा सोमबार प्रकाशित समाचारलाई लिएर नयाँ पत्रिकाका पत्रकार उमेश पौडेलमाथि ज्यान मार्ने धम्की आएको छ ।

पत्रकार पौडेलमाथि आएको ‘ठिक गर्ने’ धम्कीप्रति नेपाल पत्रकार महासंघ नयाँ पत्रिका प्रतिष्ठान शाखाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

 

आज (सोमबार) प्रकाशित ‘ग्र्याभिटी करेन्सीका नाममा नेटवर्किङ बिजनेसबाट नयाँ ठगी’ शिर्षकको समाचारको विषयलाई लिएर ज्ञानप्रसाद (जीपी) पौडेलले मोबाइल नं. ९८५१०२०५८१ बाट पत्रकार पौडेलको मोबाइलमा सम्पर्क गरी धम्की दिएका छन् ।

शाखाले प्रेस विज्ञप्ती जारी गर्दै समाचारको विषयमा चित्त नबुझे कानूनी बाटो हुँदाहुँदै पत्रकारलाई धम्की दिइनु खेदजनक रहेको बताएको छ । शाखाले धम्की दिनेविरुद्ध कानून बमोजिम कारवाही गर्न र पत्रकार सुरक्षाको ग्यारेन्टी गर्न स्थानीय प्रशासनसँग माग गरेको छ ।

नया पत्रिका बाट  ।