दुई नम्बर प्रदेश अन्तर्गतका जिल्लामा हुने चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज त्यसतर्फ जाँदै छन् ।

२ नम्वर प्रदेशको स्थानीय तह निर्वाचनलाई प्रतिष्ठाको विषय बनाएको कंग्रेसका शीर्ष नेताहरुले चुनावी सभामा संयुक्त सहभागिता जनाउन लागेका हुन् । तराईका आठ वटै जिल्ल्लामा हुने आमसभालाई प्रधानमन्त्री एवं पार्टी सभापति देउवासंगै नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला सहितका शिर्ष नेताहरुले सम्वोधन गर्ने कांग्रेसले जनाएको छ ।

आज अपरान्ह सप्तरीको राजविराजमा आयोजित चुनावी सभालाई सम्वोधन गर्न लागेका प्रधानमन्त्री देउवा आगामी ३० गते पर्साको वीरगंजमा आयोजित चुनावी सभालाई सम्वोधन गरेपछि राजधानी फर्कने उनका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । कंग्रेसले प्रधानमन्त्री एवं पार्टी सभापति सहितको उपस्थितीमा २ नम्वर प्रदेशका आठ वटै जिल्लामा चुनावी सभा आयोजना गरेको छ ।