काठमाडौं । व्यवस्थापिका संसदका सांसदहरुको कार्यकाल अब ३९ दिनमात्र बाँकी रहने भएको छ । कात्तिक ५ गते पहिलो चरणको चुनावको उम्मेदवार मनोनयन अघि नै अर्थात ४ गते नै अहिलेका सांसदहरु भूतपूर्व हुनेछन् ।

त्यसो त संविधानसभा अध्यक्ष समेत रहिसकेका एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि कात्तिक ४ लाई नै व्यवस्थापिका संसदका सदस्यहरुको अन्तिम कार्यकाल मान्नुपर्ने बताए । ‘हुन त मेरो जिल्लामा मनोनयन कात्तिक १५ गते हुनेछ तर मेरो कार्यकाल पनि कात्तिक ४ मै सकिन्छ, यसमा दोहोरो मापदण्ड हुँदैन,’ नेम्वाङले भने ।
सभामुख र उपसभामुख भने अर्को सभामुख र उपसभामुख चयन भएर नआएसम्म पदीय हैसियतमै रहनेछन् ।