काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ विद्युतिय सवारी साधनको प्रबर्द्धनमा लागि प्राधिकरणमा विद्युतिय सवारी साधन खरिद गर्ने योजना अघि सारेका हुन् ।
यसै अनुरुप विद्युत प्राधिकरणको नयाँ कम्पनी एनईए इन्जिनियरिङमा टेन्डरमार्फत इलेक्ट्रीकल भेहिकल भित्राउन लागिएको छ । यसका लागि टेन्डर समेत भइसकेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।

बिद्युत खेर जान नपाओस् भन्ने उद्देश्यका साथ विद्युतीय सवारी साधनको प्रबर्धन गर्न लागिएको प्राधिकरण प्रमुख घिसिङले बताए । उनले भने, ‘अब हामीले प्राधिकरणमा सबैजसो बिद्युतीय सवारी साधन नै भित्राउने योजना बनाएका छौं ।’
यसले बिलासी गाडी खरिद गर्नु परिपाटी पनि रोकिनेछ । प्राधिकरणमा अहिले ३ करोड सम्मको सवारी साधन खरिद भएको देखिन्छ । जबकी नेपाली बजारमा उपलब्ध बिद्युतीय सवारी साधन भने ५० लाख भन्दा बढिका छैनन् ।