काठमाडौं- रसुवाको केरुङ नाकाबाट प्रहरीले अवैध १७ केजी सुनसहित एक जनालाई पक्राउ गरेको छ।

आज बिहान टिमुरे भन्ने ठाउँमा बा११च ७९१८ नम्बरको पिकअप भ्यानमा लुकाइराखिएको अवैध सुन बरामद भएको हो। सुन कागजमा बेरेर सामानभित्र लुकाएर राखिएको थियो। सो भ्यानका चालक पार्वतीकुण्ड गाउँपालिकाका कर्साङ दावा तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सो भ्यान सामान लिन केही दिनअघि तिब्बत गएको रसुवाका प्रहरी प्रमुख डिएसपी शरतकुमार थापा क्षेत्रीले बताए।