एकपटक पार्टी छाडेर ब्यक्ति रोज्ने निधो

भरतपुर । यसपटक  सबै जसो क्षेत्रमा बाम गठबन्धन र लोकतान्त्रीक गठबन्धनका बिच प्रतिस्पर्धा हुदैछ । निर्वाचन आए सगै मतदाताहरु आफ्ना मन परेका उम्मेदवारलाई मतदान गर्न उत्साहित देखिन्छएका छन् ।

देशका केही निर्वाचन क्षेत्रमध्ये निकै चासोपुर्वक हेरिएको चितवन–३ मा पनी चुनावी सरगर्मी बढेको छ । दोस्रो चरण अर्थात मंसिर २१ गते हुने निर्वाचनका लागी चितवन–३ को चुनावी मैदानमा माओवादी अध्यक्ष प्रचण्ड र राप्रपा (प्रजातान्त्रिक)का उपाध्यक्ष विक्रम पाण्डे प्रतिस्पर्धामा छन् ।

बाम गठबन्धका तर्फबाट प्रचण्ड  र लोकतान्त्रिक गठबन्धनका पाण्डे आफ्ना एजेन्डाका साथ मतदाताका बिचमा पुगेका छन् ।

भरतपुर महानगरका स्थानियसँग  यसपटकको भोट कसलाई ?’ भनेर साेध्दा ..

‘चुनावी माहोल प्रचण्डको पक्षमा’  

                                                अभिनास रम्तेल, गोरखा (हाल : चितवन)

मेरो स्थायी घर गोरखा भएपनी चितवन बस्न थालेको धेरै भैसक्यो । यस ठाँउको मतदाता नभए पनि चुनाब चाही प्रचण्डले नै जित्नु पर्छ भन्ने लाग्छ । चितवन–३ मा प्रचण्डको पक्षमा चुनावी माहोल बढेको पाएको छु ।
माओवादी अध्यक्ष प्रचण्ड र राप्रपा (प्रजातान्त्रिक) का उपायध्यक्ष विक्रम पाण्डे मध्ये प्रचण्डको पक्षमा जनलहर धेरै राम्रो छ । प्रचण्ड बामपन्थी गठबन्धनको शिर्ष नेता र समग्र देश विकासको निम्ती बढी रहनुभएको छ त्यसैले पनि उहाको पक्षमा जनलहर सिर्जाना हुनु स्वाभाविक पनि हो । प्रचण्डलाई यहाँका जनताले पाउनु एउटा ठुलो अवसर पनी हो, उँहाले जित्नुपर्छ ।

                                          जन्मजात कांग्रेस हुँ, तर एकपटक प्रचण्डलाई हेर्छौ 

                                       विद्या घिमिरे, भरतपुर–२० भिमनगर

म नेपाली कांग्रेसको समर्थक हुँ ।  हाम्रो गठबन्धनअनुसार विक्रम पाण्डेलाई भोट दिनु पर्ने हो, तर प्रचण्ड मुलधारको नेता भएको कारणले यो पालीकोे चुनावमा मैल  पुर्व प्रधानमन्त्री प्रचण्डलाई मत दिने बिचार गरेको छु । हाम्रो टोल छिमेकामा सवैको भोट प्रचण्डलाई नै जान्छ ।

प्रचण्ड देशकै शक्तिशाली नेता हुन्, उँहाको तुलनामा विक्रम पाण्डे सानो नेता हुन् । प्रचण्डबाट सिंगो मुलुकले नै ठुलो अपेक्षा गरेको छ, त्यसैले उँहालाई मत दिने बिचार गरेको छु ।
जन्मिए देखी नै म कांग्रेस थिएँ, अहिले पनी कांग्रेस हुँ ।  प्रचण्डको उम्मेदवारी पछि मैले प्रचण्डलाई नै भोट दिनुपर्छ भन्दै आएको छु, मेरो टोलमा । प्रचण्डले बोलेको कुरा पुरा गर्छन्, चितवनको विकासमा प्रचण्डले एउटा मोडेल ल्याउन सक्छन् । त्यसैले एकपटक पार्टी छाडेर ब्यक्ति रोज्ने निधो गरेका छौं ।