१५ बर्षीय बालिकालाई १५ दिनसम्म बन्धक बनाएर बलात्कार गर्ने ब्यक्ति प्रहरीको नियन्त्रणमा

प्रकाशित मिति : : आइतवार, मंसिर १७, २०७४

दाङ । शारिरीक र मानसिक रुपमा अशक्त एकजना बालिकालाई डेरामा बन्धक बनाएर बलात्कार गरेको अभियोगमा एकजना व्यक्तिलाई दाङ प्रहरी पक्राउ गरेको छ ।

प्यूठान जिल्लाको नौबहनी गाउँपालिका वडा नं. ८ घर भएका ४५ बर्षीय जिवराज सुवेदीले दाङको घोराही स्थित आफ्नो डेरामा शारिरीक रुपमा अशक्त र बोल्न पनि नसक्ने १५ बर्षीया बालिकालाई बन्धक बनाएर १५ दिनदेखि बलात्कार गर्दै आएको भन्ने खुल्न आएको दाङकी प्रहरी प्रमुख एसपी दुर्गा सिंहले जानकारी दिइन ।

सुवेदीले घोराही उपमहानगरपालिका वडा नं. ४ गोग्लीस्थित डेरामा जवरी बालिकालाई करणी गर्दै आएको भन्ने सूचनाको आधारमा प्रहरी त्यहाँ पुग्दा बन्धक बनाएर राखेकी बालिकाको उद्धार गरेको बताइन ।

‘प्रहरी त्यहाँ पुग्दा ति बालिका घोप्टो परि रोइरहेको अवस्थामा अँध्यारो कोठामा फेला परेकी थिइन र उस्ले ति बालिकालाई यो कुरा कतै भने हत्यागर्ने धम्की दिँदै आएको रहेछ ।’ एसपी सिंहले भनिन् ।

सुवेदीले ति बालिकालाई ज्यानमार्ने धम्की दिइ बन्धक बनाएर विगत १५ दिनदेखि जवर जस्ती करणी गर्दै आएको कुरा प्रारम्भिक अनुसन्धानवाट खुन्ल आएको एसपी सिंहले बताइन ।

सुवेदी विरुद्ध अदातलवाट म्याद थप गराई जवरजस्ती करणी गरेको अभियोगमा मुद्दा दर्ता गरि अनुसन्धान भइरहेको एसपी सिंहले बताइन ।