प्रचण्डलाई बिक्रम पाण्डेको कडा चेतावोनी, अवसरवादी नेता भन्दै आरोप लगाए

प्रकाशित मिति : : आइतवार, मंसिर १७, २०७४

काठमाडौँ । चुनाव नजिकिदै गर्दौ अहिले  चितवनको निर्वाचन क्षेत्र नम्बर ३ निकै तातेको छ । प्रचण्ड र विक्रम पाण्डेबीचको प्रतिसपर्धा निकै चासोको बिषयपनि बनेको छ । यसै बेला विक्रम पाण्डेले माओवादँ केन्द्रका अध्यक्ष प्रचण्डलाई हराएमात्रै देश उभो लाग्ने बताएका छन् ।

राप्रपा लोकतान्त्रिबाट चुनावी मैदानमा उत्रेका पाण्डेले प्रचण्डलाई अवसरवादी नेता भन्दै चितवनका मतदाताले नचिनेको बताएका छन् ।

प्रचण्डले ‘युज एन्ड थ्रो’ को राजनीति गर्ने गरेको पाण्डेको आरोप छ । उनले आफ्नो स्वार्थ पूरा जे पनि गर्ने तर स्वार्थ पूरा भएपछि लात हान्ने नेता भएको बताउँदै २०७० सालमा किर्तिपुरमा जस्तै हारको स्वाद चितवनमा चखाउँने दाबी पाण्डेले गरे ।