uml
काठमाडौं । आशन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नं ४ का उम्मेदवार एवं मुस्कान पार्टीका अध्यक्ष मुस्कान पौडेल र राप्रपाका पूर्व नेता एवं नेपाल चलचित्र कलाकार संघका पूर्व अध्यक्ष रवीन्द्र खड्का र राप्रपाका पूर्व केन्द्रीय सदस्य विष्णु शिवाकोटी पनि नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

नेपाली काँग्रेसका शम्भू डंगोल, कलाकार जय श्रेष्ठ, दिनेश श्रेष्ठ, रोशन श्रेष्ठ, हरि उदासी, कुमार बोगटी, कमला रेग्मी, रश्ना पौडेल, सविना भट्टराई, नमराज श्रेष्ठ, नारायण घिमिरे, श्याम कोजू श्रेष्ठ, वसन्त सुनुवार, बलराम श्रेष्ठ र उद्धव खनाललगायतलाई पार्टी प्रवेश गराएका हुन् । पौडेलले प्रतिनिधिसभाका उम्मेदवार डा राजन भट्टराईलाई समर्थन गर्ने घोषणा गरेका छन् ।