matpetikaकाठमाडौं । दुर्गम गाउँमा मतपेटिका जोगाउन निकै नै गाह्रो परेको छ । सदरमुकाममा राखिएका मतपेटिकामा  मुसा सल्बलाउन थालेपछि  गा.वि.स र नगरपालिकामा तनाब उत्पन्न हुन थालेको हो  । पहिलो चरणमा चुनाव भएका जिल्लाका मतपेटिका मुख्य छन् भने जोगाउन पनि त्यतिकै गार्हो परेको छ ।

मतपेटिका राखिएका पाँच बन्द कोठामा ताला लगाएर लाहा छाप लगाइएको छ । बाहिरी गेटमा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कडा सुरक्षाबीच राखिएको छ । मतपेटिका मुसाले काट्ने चिन्ता बढेको छ । कोठाभित्र राखिएका मतपेटिका मुसाले काट्ने चिन्तामा उनीहरू निर्वाचन अधिकृतको कार्यालयले ताला लगाएर सिल गरेको छ ।

मुसाबाट मतपेटिका जोगाउने चिन्तामा मुख्य निर्वाचन अधिकृत र सुरक्षा अधिकारी छन् । बाहिरी सुरक्षा मजबुत बनाइए पनि बन्दकोठाका मतपेटिका मुसाले काटिदेला भन्ने चिन्ताले पासो थापिएको मुख्य निर्वाचन अधिकृत वासुदेवलाल श्रेष्ठले बताए । ‘मुसा आउने सम्भाव्य ठाउँमा पासो थापिएको छ’, श्रेष्ठ भन्छन्, ‘मुसा आएपछि पासोमा टाँसिने गरी व्यवस्था गरेका छौं ।’ मतपेटिका राखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको घरेलु भवन पुरानो छ । जहाँ मुसाको खतरा छ ।(अन्नपूर्णपोष्टबाट)