corruptionकाठमाडौं । मौन अवधिमा कुनै पनि माध्मबाट चुनावी प्रचार प्रसारमा रोक लगाइएको छ । तर  सामाजिक सञ्जालबाट मत माग्ने कार्य भने भइराखेको पाइएको छ जुन निर्वाचन आयोगले जारी गरेको बिज्ञप्ति बिपरित हो  ।
तराईरमधेशमा अहिले मौन अवधिको कुनै ख्याल नगरी उम्मेद्धवारहरुले नोट दिएर भोट किन्न व्यस्त भएको खुलासा भएको छ ।

आचारसंहिता मात्रै नभएर मौन अवधिमा पनि उम्मेद्धवारहरुले कुनै प्रलोभन तथा चुनावी प्रचासरप्रसार गरेको पाईए कडा कारबाही गर्ने आयोगले खटाएका अधिकारीहरुले जानकारी दिएका छन् । बिहीबार हुने मतदानका लागि प्रचार प्रसार कार्य सोमबार मध्यरातबाट सकिएको छ । मौन अवधि भनिने यो समयमा उम्मेदवार र पार्टीहरुले प्रचार प्रसार गर्नै पाउँदैनन् । तर उम्मेद्धवारहरु तराईमा भोज भतेर नोट दिएर भोट माँग्न व्यस्त देखिएका छन् ।