biplovकाठमाण्डौ । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव बम बिस्फोट गराउदै हिडेको र प्रहरीले खोजि जारी गरेपछि भागेर भारत पुगेको खुलासा भएको छ  । बुधबार पत्रकार सम्मेलन गरी नेपाल प्रहरीका प्रवक्ता मनोज न्योपानेले महासचिव विप्लव प्रहरीको खोजी सूचिमा रहेको बताए ।

प्रहरीले निर्वाचन नजिकिएसँगै विभिन्न दलका प्रमुख, नेता, उम्मेदवार तथा कार्यकर्तामाथि आक्रमण गरेको आरोपमा देशभरका विभिन्न स्थानबाट ९५७ जनालाई पक्राउ गरेको थियो जसमा  नेकपाका ६०० र सिके राउत समूहका १३ जना तथा अन्य ३४४ जना छन् ।
नेपाल प्रहरीले निर्वाचनका देशभर रहेका प्रहरी जनशक्तिको ९० प्रतिशत जनशक्ति खटाइएको जनाएको छ ।

दिनै जसो बिस्फोटका घटना भए पनि गृह मन्त्रालय भने घटना कसले र किन गराएको भन्ने विषयमा मौन छ । यद्यपि गृह मन्त्रालयले सुरक्षा व्यवस्था कडा बनाएको भन्दै सबैलाई निर्धक्क भएर निर्वाचनमा सहभागी हुन अपील गरिरहेको छ ।