काठमाडौं । यो दृश्यमा देखिएको महल भैसेपाटीमा अवस्थित छ । झट्ट हेर्दा ठूलै व्यापारीको जस्तो देखिने यो महल अरु कसैको नभएर इमानको राजनीति गर्छु भन्दै राजनीतिमा होमिएका रबिन्द्र मिश्रको हो ।

बिबिसिमा लामो समय काम गरेका मिश्रले राजनीतिमा होमिन मासिक ६ लाखको जागिर छाड्दै इमानको राजनीतिको आडमा मिश्रले राम्रै सम्पत्ति आर्जन गरेको यो घरले प्रष्ट देखिन्छ ।

२० रोपनी क्षेत्रफलमा बनेको यो घरको मूल्य १६ करोड रहेको छ । परोपकारबाट अरुको त थाहा छैन् तर, मिश्रले आफ्नो भने राम्रैसँग उद्दार गरिसकेका रहेछन् । स्रोतका अनुसार अहिले यो घरलार्इ महिनाको ५ लाखमा भाडामा लगाउने तयारी हुँदैछ ।

इमान र इज्जत धरौटीमा राखेर अपहरणकारीले बार्गेनिङ गरेझैं काठमाडौं क्षेत्र नम्बर १ का जनताहरुलाई मिश्रले आँखामा धुलो हाल्ने काम गर्दै आएको देखिन्छ । निष्ठाको राजनीति गर्छु भन्दै चुनावी मैदानमा होमिएका मिश्रले आफ्नो उद्दार गरेर जनताको आँखामा धुलो हाल्ने काम गर्दै आएका देखिन्छन् ।

‘आफ्नो आङमा भैंसी हिँडेको नदेख्ने अर्काको टाउकोमा जुम्रा हिँडेको देख्ने’ मिश्र नेपाल र नेपालीको पक्षमा र लोकतन्त्रको पक्षमा कहिल्यै रहेका थिएनन् ।

विवेकशील साझा पार्टीका संयोजक समेत रहेका मिश्र काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । मिश्रसँगै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र बाम गठबनधनका युवा नेता अलिन शर्माबीच प्रतिस्पर्धा हुँदैछ ।

source : Shikhar news