प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि भएको दोस्रो चरणको निर्वाचनमा ३३ प्रतिशत मत खसेको छ । बिहान ११ बजेसम्म ४५ जिल्लामा रहेका मतदातामध्ये ३३ प्रतिशत मत खसेको निर्वाचन आयुक्त नरेन्द्र दाहालले जानकारी दिए ।

उनका अनुसार मतदान उत्साहजनक र शान्तिपूर्ण रुपमा मतदान भैरहेको उनले जानकारी दिए । मतदानको समय बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म तोकिएको छ ।

यसअघि ३२ जिल्लामा भएको पहिलो चरणको मतदानमा जम्मा ६५ प्रतिशत मत खसेको थियो ।