काठमाडौं । एमाले–कांग्रेस कार्यकर्ताबीच झपड भएको छ । भक्तपुरको बालकोटस्थित गणेश प्रा .वि.को मतदान केन्द्रमा भएको सो झडपमा परी दुईजना घाइते भएका छन् । उनीहरुको भक्तपुरस्थित नागरिक हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा युवा संघका केन्द्रीय सदस्य रोशन बस्नेतसमेत छन् । अर्का व्यक्तिको परिचय खुलेको छैन ।मतदान भइरहेका बेला कांग्रेस कार्यकर्ता रवि राणाले केही महिलाहरुको मतदाता परिचय–पत्र कब्जामा लिएपछि झडप भएको एमाले कार्यकर्ताको आरोप छ ।
कांग्रेस नेताले भने आफ्ना कार्यकर्ताको घरमा एमालेले तोडफोड गरेको बताएका छन् । झपडका क्रममा दुई पक्षका कार्यकर्ताबीच कुटाकुट भएको थियो भने तोडफोडसमेत भएको छ ।

झडप भएको भक्तपुर क्षेत्र नं. २ बाट एमाले उम्मेदवार महेश बस्नेतले कांग्रेसले बुथ कब्जा गर्न खोज्दा एमाले कार्यकर्ताले प्रतिवाद गरेको दाबी गरे ।