Oli-Prachandaकाठमाडौं । नेपालको राजनीतिमा प्रत्यक्ष रुपमा हस्तक्षेप गर्दै आएको भारत चुनावको नतिजाले झनै झस्किएको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनले प्रष्ट बहुमत प्राप्त गरेपछि भारतीय सञ्चारमाध्यमले विभिन्न कोणबाट विश्लेषण गर्न थालेका छन् ।

नवभारत टाइम्सले नेपालमा वामपन्थी गठबन्धनको जितलाई भारतका लागि नयाँ चुनौतीका रुपमा विश्लेषण गरेको छ । ‘नेपालमा केपी ओलीको हातमा सत्ता पुग्नु भारतका लागि खतराको घण्टी’ हुने सो अखबारले उल्लेख गरेको छ ।