केहि महिना अघि नेपालको एकमात्र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई सफा-सुग्घर बनाएर चिटिक्क पारेको थिए युवा खेम शर्माले।

विगत दश बर्षदेखी अष्ट्रेलियामा बसोबास गरिरहेका शर्मा यतिखेर फेरी पशुपतिनाथ मन्दिरलाई सफा-सुग्घर बनाउन लागिपरेका छन्।शर्माको नेतृत्वमा पर्यटन बोर्डको सफाई भइसकेको छ।

पशुपतिनाथ मन्दिर सफाईको नेतृत्व गर्दैं गरेका शर्माको अष्ट्रेलियामा आफ्नै व्यबसाय छ। उनी सफाई सम्बन्धी कम्पनी चलाईरहेका छन्।फोहरले अन्तराष्ट्रिय विमानस्थल भन्न समेत लाज लाग्ने त्रिभुवन विमानस्थललाई केहि महिनामै आफै दिनरात खटिएर सफाई कामदारको नेतृत्व गर्दैं चिटिक्क बनाएपछि शर्मा चर्चित बनेका थिए।

यतिबेला शर्मा पशुपतिनाथ मन्दिरलाई फेरी सफा-सुग्घर बनाउने मिसनमा छन्।हिमालयन टेलिभिजनको कार्यक्रम नेपाल निर्माणमा रोहन श्रेष्ठसँग कुराकानी गर्दैं शर्मा भन्छन्- विदेश सफा पार्न दिनरात मिहिनेत गर्ने तर आफ्नो देश फोहर हुँदा मैले देशको लागी के गरेत भन्ने कुराले म केहि रात सुत्न समेत सकिन र त्यसैले गर्दा म नेपाल सरसफाई अभियानमा जुटे।

म विदेशमा सफा-सुग्घर भएर बस्ने तर नेपालमा मेरो बा-आमा धुँवा-धुलो खाने भन्ने कुराले समेत मलाई चिन्तित बनायो।केहि हप्ता अगाडी पर्यटन बोर्डको सर-सफाई सकिएको बताउँदै शर्मा भन्छन्- पशुपतिनाथलाई आउने शिवरात्री सम्म वारिदेखी-पारिसम्म खाली खुट्टाले सजिलै हिड्नसक्ने बनाउछौं।

हेर्नुहोस् शर्मा सँगको कुराकानी