काठमाडाैँ । फ्युचर हब मिडिया मल्टिप्रपोज प्रा.लि का प्रबन्ध निर्देशक कृष्ण घिमिरे नेपाल विज्ञापन संघ (आन) को सचिवमा विजयी भएका छन् । आगामि ३ बर्षे कार्यकालका लागि उनी सर्वसहमत सचिवमा निर्वाचित भएका हुन् । निर्वाचित लगत्तै घिमिरेले आनको गरिमालाई उच्च राख्न आफ्नो तर्फबाट कुनै कसर नराख्ने बताए । उनले कार्यसमितिमा सबै सदस्य र पदाधिकारीहरुवीच मिलेर अगाडी बढ्ने भनाइ राखेका थिए । अधिवेसनले अध्यक्षमा रबिन्दकुमार रिजाल, बरिष्ठ उपाध्यक्षमा सोमप्रसाद धिताल, प्रथम उपाध्यक्षमा नारायण कुमार श्रेष्ठ, द्धितिय उपाध्यक्षमा धर्मेन्द्रकाजी श्रेष्ठ, महासचिबमा राजु कुइँकेल, सचिबमा कृष्णप्रसाद घिमिरे र सहकोषाध्यक्षमा पंकज प्रधानलाई सर्बसम्मतिले निर्वाचित गरेको छ ।

यस्तै, ६ जना महाससमिति सदस्यहरुमा रोधन प्रसाई, रमेश पुरी, विशालपुरुष ढकाल, अरुणकाजि स्थापित, किरण गैरे र सन्तोष खड्का चयन हुनु भएको छ ।

साधारण सभाको पूर्वसन्ध्यामा बुधबार आयोजित पत्रकार सम्मेलनमा संघका पूर्व अध्यक्ष भाष्करराज राज कर्णीकारले चयन हुने नयाँ नेतृत्वलाई प्रादेशिक संरचनानुसार बिद्यान संशोधन गर्न सुझाब दिएका थिए । उनले विज्ञापन संघले बोकेको उदेश्य पुरा गर्न र समितिका सम्पुर्ण सदस्यका हितका लागि सबै एक ठाउँमा उभिएर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।

यस्तै, सर्वसम्मत अध्यक्ष भएका रिजालले आफ्नो कार्यकालमा ३ महिनाभित्रमा बिशेष साधारण सभा बोलाउने, संघमा बिशेष समिती बनाएर सबैलाई समेट्ने, अन्तराष्ट्रिय स्तरका तालिम सञ्चालन गर्ने, बिदेशी कार्यक्रम नेपालमा ल्याउने र संघको आफ्नै भवन ३ बर्षभित्रमा निमार्ण गर्ने बताएका थिए । उनले बिज्ञापन पढाउने कलेजहरुसंग समन्वय गर्ने र हरेक बर्ष कणार्ली र तराईका १० देखि १५ जनासम्म गरिब बिद्यार्थी आनले नै पढाउने उनको योजना छ ।